गेटाफेविरूद्ध रियल मड्रिडको संघर्षपूर्ण जीत « Khabarhub

गेटाफेविरूद्ध रियल मड्रिडको संघर्षपूर्ण जीत


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिडले गेटाफेविरूद्ध संघर्षपूर्ण जीत निकालेको छ ।

कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गरेपछि गएरातिको खेलमा रियलले गेटाफेलाई १-० ले पराजित गरेको छ ।

घरेलु मैदान अल्फ्रेडो डी स्टेफानो रंगशालामा भएको खेलमा गेटाफेले दोस्रो हाफमा गरेको भूल नै हारको कारण बन्यो ।

७८ औं मिनेटमा म्याथिअस ओलिभिएराले ड्यानी कार्भाजललाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

उक्त पेनाल्टीको अवसरलाई रामोसले सदुपयोग गर्दै रियललाई जीत दिलाए । जीतसँगै रियल म्याड्रिडले अंक तालिकामा दोस्रो स्थानको बार्सिलोनाभन्दा ४ अंकको स्पष्ट अग्रता कायम गरेको छ ।

रियलको ३३ खेलमा ७४ अंक छ । दोस्रो स्थानको बार्सिलोनाको समान खेलबाट ७० अंक जोडेको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ६ : ०९ बजे

निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइयो चैती छठ 

काठमाडौं– अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मंगलबार चैती छठ पर्व मनाइएको

उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको सामूहिक भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती

रविको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गगन थापाले अघि सारे पार्टीभित्र ‘ग्रान्ड रिफर्म’ योजना

का‌ठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र व्यापक शुद्धीकरण र