पार्टीमा चुलिएको संकट समाधान गर्न नेकपा नेता कसले के भने ? « Khabarhub

पार्टीमा चुलिएको संकट समाधान गर्न नेकपा नेता कसले के भने ?


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको राजनीतिक संकट समाधान गर्न नेकपाका नेताहरुले शीर्ष नेताहरुलाई सुझाएका छन् ।

स्थायी कमिटी बैठकमा देखिएको विवाद र पार्टी–सरकारबीच संकट गहिरिएपछि नेकपाका नेताहरुले एकता जोगाउन शीर्ष नेताहरुलाई दबाब दिएका हुन् ।

उनीहरुले सामाजिक सञ्जालमा, दुई पक्षीय बहुपक्षीय छलफल र वार्ताहरुमा शीर्ष नेताहरुबीच सहमति हुनपर्नेमा जोड दिँदै आएका छन् ।

नेकपा प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टी एकतामा जोड दिन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्-

यसैगरी प्रदेश नं. ५ का मुख्यमन्त्री समेत रहेका नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन- ‘पार्टी एकताको विकल्प अझ सुदृढ पार्टी एकता हो । हिजो जुन जगमा पार्टी एकता घोषणा गरियो त्यसको रक्षागर्नु दुबै अध्यक्षको कर्तव्य हो ।’

अनेरास्ववियुका पूर्व अध्यक्ष समेत रहेका पोखरेलले शीर्ष नेतादेखि दोश्रो र तेश्रो तहका नेताहरुसम्म छलफल गरिरहेका छन् ।

यसैगरी पूर्व सञ्चारमन्त्री समेत रहेका नेपाका नेता गोकुल बाँस्कोटाले पनि शीर्ष नेताहरुबीच सहमति हुनुपर्नेमा जोड दिएका छन् ।

उनले लेखेका छन्- ‘म फेरि भन्छु-गणितले हैन, पार्टी अध्यक्षकाे निर्णयले नेकपा बनेकाे हाे। विधानले अल्पमत बहुमत हैन सहमति भन्छ । महाधिवेशन गराैं, भाेटिङ गराैं। आफ्नापाला नबजेकाे एकब्यक्ति एकपदकाे नरसिङ्गा बाजा महाधिवेशनमै बजाउँ र स्थापित गराैं । अध्यक्ष प्रम, सांसद मन्त्री, केस सांसद , प्रदेश र जिल्ला नेता मेयर नबनाैं ।’

त्यस्तै, अनेरास्ववियुको पूर्व अध्यक्ष किशोर विक्रम मल्लले पनि घनीभूत छलफल गरेर समस्याको समाधान गर्नु पर्ने धारणा राखेका छन् ।

उनले फेसबुकमा लेखेका छन् ‘घनिबुत छलफल गरौं, राजनौतिक आग्रह, पुर्वाग्रह बिर्सिएर जसरी हुन्छ, जनतामा एकताको सन्देश प्रवाह गरौं ।’

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  १० : २३ बजे

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक