सलह कीराबाट बाली जोगाउन सर्तक रहन अपिल « Khabarhub

सलह कीराबाट बाली जोगाउन सर्तक रहन अपिल

कीरा पक्रेर ल्याउनेलाई प्रतिकेजी २५ रुपैयाँ प्रोत्साहन दिइने


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशमा सलह कीराको संख्या बढेपछि सतर्क रहन अपिल गरिएको छ ।

सोमबार कैलालीका केही स्थानमा सानो संख्यामा भित्रिएका सलह बिहिबार बेलुका कैलालीकै केही स्थानमा हजारौँको संख्यामा देखिएपछि सर्तकता अपनाउन कृषि निर्देशनालयले अपिल गरेको छ ।

यसअघि स–सानो झुन्ड टुक्रिएर सलह कीरा प्रदेशका कैलाली, डडेल्धुरा, बैतडी, अछाम र बाजुरा जिल्लामा पुगेको थियो तर बिहिबार हजारौँको झुण्डमा देखिएको सुदूरपश्चिम कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए ।

निर्देशक जोशीले कैलालीको टीकापुर र धनगढी आसपासको क्षेत्रमा बिहिबार सलह कीरा झुण्डमै देखिएको बताए ।

‘हजारौँको संख्यामा सलह टीकापुर र धनगढी आसपास क्षेत्रमा प्रवेश गरेको देखिन आएको छ, सर्तक र सजगता अपनाउन आग्रह गर्दछु, ’ निर्देशक जोशीले भने ।

उनले प्रदेशवासीलाई फिल्ड अवलोकन गरी सलह पक्रन, छोप्न, पासो, नेट, जाली, झुल प्रयोग गर्न, विषादी प्रयोग गर्न ठूलो आवाज निकाली थपाउन आग्रह समेत गरेका छन् ।

उनले कीरा पक्रेर ल्याए २५ रुपैँयाका दरले प्रदेश सरकारले खरिद गर्ने निर्णय यस अघि नै गरिसकेको बताउँदै सलह नियन्त्रणका लागि प्रदेश सरकार कृषि निर्देशनालयले प्रयास गरिरहेको र यसमा सबैको सहयोग र सहकार्यको आवश्यकता रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  १० : २६ बजे

हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष

काठमाडौं- नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ

विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

काठमाडौं– निर्वाचन आयोगले यही चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन

मापसे गरी सवारी चलाउने १६ जना कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा मादक

पार्टीको लेटरहेड दुरुपयोग गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको लेटरहेड दुरुपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी