अक्षय कुमार पनि भएका थिए ‘नेपोटिज्म’को शिकार, फिल्मबाट हटाएर यी हिरोलाई दिइयो रोल « Khabarhub

अक्षय कुमार पनि भएका थिए ‘नेपोटिज्म’को शिकार, फिल्मबाट हटाएर यी हिरोलाई दिइयो रोल


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा नेपोटिज्ममाथि बहस भइरहेको छ । बलिउडका कैयन् कलाकारलाई आफ्ना भाइ भतिजालाई काम दिएको तर राम्रो अभिनय गर्न सक्ने आउटसाइडर कलाकारलाई काम नदिएको आरोप लागेको छ ।

पछिल्लो समय बलिउडमा नेपोटिज्ममाथि बहस चले पनि यो संस्कृति दशकौंदेखि चल्दै आएको छ ।

बलिउड अभिनेता अक्षय कुमारले पनि आफ्नो करिअरका बेला यस्तो समस्या भोगेका थिए । उनले एक अन्तर्वार्तामा फिल्म ‘फूल और काँटे’ मा आफूलाई निकालेर अजय देवगनलाई काम दिइएको बताएका छन् ।

अजय देवगन बलिउड स्टन्टम्यान वीरु देवगनका छोरा थिए भने अक्षय दिल्लीका आउटसाइडर थिए ।

अक्षयले अन्तर्वार्तामा भनेका छन्, ‘सन् १९९१ मा रिलिज भएको फिल्म ‘फूल और काँटे’ मा म थिएँ, म यो फिल्ममा गीतको मेकिङमा, फोटोशूटमा र यसका अलावा कैयन् ठाउँमा थिएँ, शूटिङभन्दा एक दिनअघि मलाई एक फोन आयो, त्यतिबेला मैले भोलिको शूटिङका लागि तयारी गरिरहेको थिएँ ।’

अक्षयले राति आएको फोनमा आफ्नो सट्टा अरुलाई राखिएको भनेको बताएका छन् । अक्षयले अन्तर्वार्तामा भनेका छन्, ‘भाइ, भोलिबाट नआउनू भनियो ।’

अजय देवगन र अक्षय कुमारबीच भने कुनै विवाद छैन । रोहित सेट्टीको हिट फ्रेन्चाइज फिल्म ‘सूर्यवंशी’मा यी दुईले काम गरिरहेका छन् ।

यसको पहिलो भाग ‘सिंघम’ मा अजय देवगन थिए भने ‘सूर्यवंशी’ मा अक्षयले लामो समयपछि क्याटरीना कैफसँग काम गरेका छन् ।

कोरोना भाइरस र लकडाउनका कारण ‘सूर्यवंशी’ को रिलिज मिति अन्यौलमा छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  १० : ५४ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ