अक्षय कुमार पनि भएका थिए ‘नेपोटिज्म’को शिकार, फिल्मबाट हटाएर यी हिरोलाई दिइयो रोल « Khabarhub

अक्षय कुमार पनि भएका थिए ‘नेपोटिज्म’को शिकार, फिल्मबाट हटाएर यी हिरोलाई दिइयो रोल


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा नेपोटिज्ममाथि बहस भइरहेको छ । बलिउडका कैयन् कलाकारलाई आफ्ना भाइ भतिजालाई काम दिएको तर राम्रो अभिनय गर्न सक्ने आउटसाइडर कलाकारलाई काम नदिएको आरोप लागेको छ ।

पछिल्लो समय बलिउडमा नेपोटिज्ममाथि बहस चले पनि यो संस्कृति दशकौंदेखि चल्दै आएको छ ।

बलिउड अभिनेता अक्षय कुमारले पनि आफ्नो करिअरका बेला यस्तो समस्या भोगेका थिए । उनले एक अन्तर्वार्तामा फिल्म ‘फूल और काँटे’ मा आफूलाई निकालेर अजय देवगनलाई काम दिइएको बताएका छन् ।

अजय देवगन बलिउड स्टन्टम्यान वीरु देवगनका छोरा थिए भने अक्षय दिल्लीका आउटसाइडर थिए ।

अक्षयले अन्तर्वार्तामा भनेका छन्, ‘सन् १९९१ मा रिलिज भएको फिल्म ‘फूल और काँटे’ मा म थिएँ, म यो फिल्ममा गीतको मेकिङमा, फोटोशूटमा र यसका अलावा कैयन् ठाउँमा थिएँ, शूटिङभन्दा एक दिनअघि मलाई एक फोन आयो, त्यतिबेला मैले भोलिको शूटिङका लागि तयारी गरिरहेको थिएँ ।’

अक्षयले राति आएको फोनमा आफ्नो सट्टा अरुलाई राखिएको भनेको बताएका छन् । अक्षयले अन्तर्वार्तामा भनेका छन्, ‘भाइ, भोलिबाट नआउनू भनियो ।’

अजय देवगन र अक्षय कुमारबीच भने कुनै विवाद छैन । रोहित सेट्टीको हिट फ्रेन्चाइज फिल्म ‘सूर्यवंशी’मा यी दुईले काम गरिरहेका छन् ।

यसको पहिलो भाग ‘सिंघम’ मा अजय देवगन थिए भने ‘सूर्यवंशी’ मा अक्षयले लामो समयपछि क्याटरीना कैफसँग काम गरेका छन् ।

कोरोना भाइरस र लकडाउनका कारण ‘सूर्यवंशी’ को रिलिज मिति अन्यौलमा छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  १० : ५४ बजे

बाँकेका पर्यटकीय क्षेत्रमा पर्यटकको आकर्षण बढ्दै 

नेपालगञ्ज–  बाँकेका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा यात्रा गर्न पाउँदा

जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

म्याग्दी– म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम्

अर्घाखाँची सिमेन्टलाई दुई लाख बढी जरिवाना

काठमाडौं – उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति

पायक पर्ने स्थानमै आँखाजाँच शिविर आयोजना भएपछि…

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरीकी ५३ वर्षीया रस्मिता दाहालले यसअघि

बाँसबाट निर्माण हुने संरचनाको डिजाइन मार्गदर्शन स्वीकृत : अब बाँसको घर बनाउन सकिने

काठमाडौं – सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन