घाटा बढेपछि पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी « Khabarhub

घाटा बढेपछि पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : घाटा बढेको भन्दै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ ।

इन्डियन आयल कर्पोरेशन (आइओसी)ले जुलाइ १ मा पठाएको नयाँ मूल्य अनुसार निगम ५ करोड १८ लाख घाटा हुने प्रक्षेपणसहित फेरि मूल्य बढाउने तयारी गरिएको हो ।

निगमका अधिकारीहरूले मूल्यबृद्धिको तयारीको विषयलाई गोप्य नै राखे पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै जाँदा घाटा बढेकाले चुनौती थपिएको बताएका छन् ।

नेपाल आयल निगमले यसअघि जुन १५ समायोजन गरेको मूल्य अनुसार पनि पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ८५ पैसा र डिजलमा १ रुपैयाँ ८० पैसा नोक्सानी रहेको बताउँदै आएको छ। अरु पेट्रोलियम पदार्थमा भने निगमलाई नाफा छ।

निगमले यही असार १६ मा पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ र डिजल तथा मट्टितेलमा दुई रुपैयाँ मूल्य बढाएको थियो।

सरकारले बजेटमार्फत पेट्रोल, डिजल र मट्टितेलको भन्सार १० रुपैयाँ थपेको थियो ।  इन्धनको मूल्यमा भन्सार वृद्धिपछि अन्तर्राष्ट्रिय बजारमा लगातार तेलको मूल्य उकालो लाग्न थालेको छ।

कोरोना संक्रमणपछि विश्वका धेरैजसो मुलुक लकडाउनमा रहँदा विश्व बजारमा ऋणात्मक अवस्थामासमेत पुगेको कच्चा तेलको मूल्य अहिले प्रति ब्यारेल ४३ अमेरिकी डलर पुगिसकेको छ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ११ : ३८ बजे

इरानप्रति अमेरिकी नीति पुनरावलोकन, आगामी कदम विचाराधीन

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको वर्तमान अवस्थासम्बन्धी विषयमा आफ्नो

दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१३ गौरीगाउँस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर

इरानको अवस्थाप्रति संयुक्त राष्ट्रसङ्घको चासो, संयम र सूचना पहुँच सुनिश्चित गर्न आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानी अधिकारीहरूलाई अत्यधिक संयम

देउवाले बोलाए आफू निकट नेतालाई छलफलमा, ३ बजे जुट्ने

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाएका

निर्वाचनमार्फत मुलुकको परिवर्तन गर्नसक्ने नेतृत्व चयन गर्न सञ्चारमन्त्रीको आह्वान

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनमार्फत मुलुकको परिवर्तन