नेविसंघका नेताहरुलाई देउवाले भने – बढ्ता जान्ने भइहाल्नुपर्ने, भाषण गरिहाल्नुपर्ने ? « Khabarhub

नेविसंघका नेताहरुलाई देउवाले भने – बढ्ता जान्ने भइहाल्नुपर्ने, भाषण गरिहाल्नुपर्ने ?


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरुलाई थर्काएका छन् । उनले नेविसंघका नेताहरुले भाषण मात्र गर्दै हिँडेको भन्दै सार्वजनिक कार्यक्रममा थर्काएका हुन् ।

शुक्रवार नेविसंघले राजधानीको शान्तिवाटिकामा पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीमा नेविसंघले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा देउवालाई आमन्त्रण गरिएको थियो । झण्डै ३ मिनेट गरेको भाषणमा देउवाले नेविसंघका नेताहरुलाई थर्काउँदै केही गर्न नसकेको बताए ।

‘सामाजिक सञ्जाल भनेको छ, टाँसिएर बसेको छ यहाँ, लाज पनि छैन, बोल्दा ढंग पनि छैन,’ देउवाले कार्यक्रममा भने ।

देउवाले महामारीका बेला यस्ता खाले कार्यक्रम नराख्न पनि आग्रह गरे । उनले भने, ‘खतरा रोग आएको छ, कहिलेकाहीँ कार्यक्रम नगरे पनि हुन्छ ।’

देउवाले सबैले कार्यक्रम गर्न छाडिसकेको भन्दै अगाडि थपे, ‘अहिले सबैले कार्यक्रम गर्न छाडिसकेका छन्, हामीले मात्रै गर्नुपर्ने, बढ्ता जान्ने भइहाल्नुपर्ने, विद्यार्थीलाई जम्मा पारेर भाषण गरिहाल्नुपर्ने ?’

उनले सार्वजनिक कार्यक्रममै नेविसंघप्रति आक्रोश व्यक्त गरेका छन् । देउवाले तरुण दलमा सबैले पूर्णता पाउने बताएका थिए । नैनसिंह महर नेतृत्वको कार्यसमितिले अधिवेशन गर्न नसकेपछि राजीव ढुंगानालाई सभापति बनाइएको छ । तर, अझै केन्द्रीय समितिले पूर्णता पाएको छैन ।

देउवाले विद्यार्थीहरु नमिल्दा कार्यसमितिमा समस्या भएको बताए । ‘विद्यार्थीहरु मिलेको भए समस्या नै हुने थिएन नि । आफैं झगडा गर्‍यागर्‍यै छन्,’ उनले हकारे ।

देउवाले आफू ४ पटक प्रधानमन्त्री भएको बताउँदै नेविसंघका नेताहरूलाई भने, ‘यस्तै पाराले कोही प्रधानमन्त्री हुन सक्छ ? लाज पनि छैन ।’

उनले स्कूल–स्कूलमा नेविसंघ बनाउन र गाउँमा नेविसंघ बनाउन निर्देशन दिए । काठमाडौंमा बढ्दा भाषण गरेर केही नहुने पनि उनले बताए ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  २ : १४ बजे

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको

रविविरुद्धका मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण