नेविसंघका नेताहरुलाई देउवाले भने – बढ्ता जान्ने भइहाल्नुपर्ने, भाषण गरिहाल्नुपर्ने ? « Khabarhub

नेविसंघका नेताहरुलाई देउवाले भने – बढ्ता जान्ने भइहाल्नुपर्ने, भाषण गरिहाल्नुपर्ने ?


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरुलाई थर्काएका छन् । उनले नेविसंघका नेताहरुले भाषण मात्र गर्दै हिँडेको भन्दै सार्वजनिक कार्यक्रममा थर्काएका हुन् ।

शुक्रवार नेविसंघले राजधानीको शान्तिवाटिकामा पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीमा नेविसंघले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा देउवालाई आमन्त्रण गरिएको थियो । झण्डै ३ मिनेट गरेको भाषणमा देउवाले नेविसंघका नेताहरुलाई थर्काउँदै केही गर्न नसकेको बताए ।

‘सामाजिक सञ्जाल भनेको छ, टाँसिएर बसेको छ यहाँ, लाज पनि छैन, बोल्दा ढंग पनि छैन,’ देउवाले कार्यक्रममा भने ।

देउवाले महामारीका बेला यस्ता खाले कार्यक्रम नराख्न पनि आग्रह गरे । उनले भने, ‘खतरा रोग आएको छ, कहिलेकाहीँ कार्यक्रम नगरे पनि हुन्छ ।’

देउवाले सबैले कार्यक्रम गर्न छाडिसकेको भन्दै अगाडि थपे, ‘अहिले सबैले कार्यक्रम गर्न छाडिसकेका छन्, हामीले मात्रै गर्नुपर्ने, बढ्ता जान्ने भइहाल्नुपर्ने, विद्यार्थीलाई जम्मा पारेर भाषण गरिहाल्नुपर्ने ?’

उनले सार्वजनिक कार्यक्रममै नेविसंघप्रति आक्रोश व्यक्त गरेका छन् । देउवाले तरुण दलमा सबैले पूर्णता पाउने बताएका थिए । नैनसिंह महर नेतृत्वको कार्यसमितिले अधिवेशन गर्न नसकेपछि राजीव ढुंगानालाई सभापति बनाइएको छ । तर, अझै केन्द्रीय समितिले पूर्णता पाएको छैन ।

देउवाले विद्यार्थीहरु नमिल्दा कार्यसमितिमा समस्या भएको बताए । ‘विद्यार्थीहरु मिलेको भए समस्या नै हुने थिएन नि । आफैं झगडा गर्‍यागर्‍यै छन्,’ उनले हकारे ।

देउवाले आफू ४ पटक प्रधानमन्त्री भएको बताउँदै नेविसंघका नेताहरूलाई भने, ‘यस्तै पाराले कोही प्रधानमन्त्री हुन सक्छ ? लाज पनि छैन ।’

उनले स्कूल–स्कूलमा नेविसंघ बनाउन र गाउँमा नेविसंघ बनाउन निर्देशन दिए । काठमाडौंमा बढ्दा भाषण गरेर केही नहुने पनि उनले बताए ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  २ : १४ बजे

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान