अब क्यान्सर र मधुमेहका बिरामीको पनि कोरोना परीक्षण हुने « Khabarhub

अब क्यान्सर र मधुमेहका बिरामीको पनि कोरोना परीक्षण हुने


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारदेखि कोरोना परीक्षणको दायरा बढाएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना परीक्षणको दायरा बढाउँदै अस्पतालमा उपचारका लागि आउने बिरामीहरुको कोरोना परीक्षण गर्ने बताएका हुन् ।

डा गौतमका अनुसार दीर्घ रोगहरु क्यान्सर, मधुमेहका बिरामीहरु, आकस्मिक सेवा लिन अस्पताल पुग्ने बिरामीहरु, आइसीयुमा भर्ना भएका बिरामीहरुको कोरोना परीक्षण गरिने छ ।

यस्तै कोरोना संक्रमणको पकेट एरियामा रहेका व्यक्तिहरु र स्वास्थ्यकर्मीको पनि कोरोना परीक्षण गरिने डा गौतमले जानकारी दिए ।

क्लिनीकल समन्वय समितिको छलफलबाट सरकारी, सामुदायिक र निजी अस्पतालमा बिरामीको उपचार गर्ने व्यवस्था मिलाइएको डा गौतमले जानकारी दिए।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ५ : ०४ बजे

सम्झौता कार्यान्वयन नभएसम्म इरानमा अमेरिकी सैन्य शक्ति यथावत् : ट्रम्प

एजेन्सी– अमेरिका–इरानबीच नाजुक युद्धविराम कायम भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड

त्रिवि शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) ले पनि दुई

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद बन्द

एजेन्सी– अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस