प्रधानमन्त्री ओलीको समर्थनमा भएको प्रदर्शनमा जे देखियो (फोटो फिचर) « Khabarhub

प्रधानमन्त्री ओलीको समर्थनमा भएको प्रदर्शनमा जे देखियो (फोटो फिचर)


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रर्दशन भएको छ ।

युवा तथा विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको समर्थमा प्रदर्शन गरेका हुन् ।

भरतपुरको चौबिसकोठीमा गरिएको प्रर्दशनमा ठूलो संख्यामा युवाहरुको सहभागिता रहेको थियो । पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग स्थायी समितिमा उठिरहेको बेला प्रधानमन्त्री ओलीको समर्थनमा युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ ‘ओली सिध्याउन किन यत्रो जोड, भारतीय विस्तारबाद नेपाल छोड’ लगायतका नारा लगाएका थिए ।

शुक्रबार प्रधानमन्त्री ओलीको गृह जिल्ला झापा, भक्तपुर र पोखरामा पनि ओलीको समर्थनमा प्रदर्शन गरिएको छ ।

भक्तपुरमा ओलीको समर्थनमा निस्किएको जुलुस

 

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ७ : १५ बजे

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज