आदिकवि भानुभक्त पुरस्कार चालिसेलाई « Khabarhub

आदिकवि भानुभक्त पुरस्कार चालिसेलाई


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली शिक्षा परिषद्ले यस वर्षको आदिकवि भानुभक्त पुरस्कार विविध विधाका स्तरीय कृतिहरुको रचनाबाट नेपाली साहित्यको सम्बर्द्धनमा विशिष्ट योगदान पुर्‍याउने वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कारको राशि रु एक लाख २५ हजार छ ।

बैठकले यस वर्षको गोपाल पाँडे असीम पुरस्कार नेपाल बाहिर बसेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थानमा उल्लेखनीय योगदान पुर्‍याउने म्यान्मा निवासी ज्ञानबहादुर बगालेलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि रु ५० हजार छ ।

यो वर्ष यी दुवै पुरस्कार परिषद्को वार्षिकोत्सवका अवसरमा आगामी साउन ३२ गते प्रदान गरिनेछ । आदिकवि भानुभक्त पुरस्कार २०५२ सालदेखि र गोपाल पाँडे असीम पुरस्कार २०५० सालदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ ।

परिषद्ले यही असार २९ गते बिहान रानीपोखरी अगाडि रहेको भानु प्रतिमामा माल्यार्पण गर्ने जनाएको छ । परिषद्को बैठकले शिक्षाविद्, साहित्यकार तथा वरिष्ठ समाजसेवी अङ्गूरबाबा जोशीको निधनमा शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ७ : ०७ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ