ओखलढुंगामा पनि ठूलो झुण्डमा देखियो सलह  « Khabarhub

ओखलढुंगामा पनि ठूलो झुण्डमा देखियो सलह 


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत शनिबारबाट नेपाल प्रवेश गरेको सलह किराले विभिन्न जिल्लामा अन्नबालीमा क्षति पुर्‍याएको छ ।

मुलुकका २७ भन्दा बढी जिल्लामा देखिएको सलह किरा ओखलढुंगामा पनि ठूलो झुण्डमा देखिएको स्थानीयले जनाएका छन् ।

फट्याङ्ग्रा जातको सलह कीरा ठूलो झुण्डमा देखिन थालेको स्थानीयले बताएका हुन् । जिल्लाको चम्पादेवी गाउँपालिका र खिजिदेम्बा गाउँपालिकाका विभिन्न वडाहरुमा सलह कीरा ठूलो झुण्डमा देखिएको हो ।

कृषकहरुले लगाएको धान तथा मकै बालीमा करिब १ सय देखि ७ सय सम्मको झुण्डमा सलक देखिन थालेको कृषी ज्ञान केन्द्र ओलखढुंगाले जनाएको छ ।

कृषी ज्ञान केन्द्र ओखलढुंगाका बाली संरक्षण अधिकृत हेम आले मगरका अनुसार गत असार १७ गतेदेखि जिल्लामा प्रवेश गरेको सलह कीराको विवरण संकलन गर्न थलिएको छ ।

विहीबार जिल्लाको खिजिदेम्बा गाउँपालिकाको वडा नम्बर ५, ७ र ८ मा समेत सलह देखिएको कृषी ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ ।

यस बाहेक सिद्धिचरण नगरपालिकाको रुम्जाटार तथा बिगुटार क्षेत्रबाट समेत कृषकहरुले सानो झुण्डमा सलह देखिन थालोको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ७ : ४३ बजे

हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष

काठमाडौं- नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ

विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

काठमाडौं– निर्वाचन आयोगले यही चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन

मापसे गरी सवारी चलाउने १६ जना कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा मादक

पार्टीको लेटरहेड दुरुपयोग गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको लेटरहेड दुरुपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी