चीनले नेपालको भूमि मिचेको विरोधमा हिन्दूवादीद्वारा जनकपुरमा प्रदर्शन « Khabarhub

चीनले नेपालको भूमि मिचेको विरोधमा हिन्दूवादीद्वारा जनकपुरमा प्रदर्शन


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जनकपुर- हिन्दूवादी नेता विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले चीनले मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै जनकपुरमा प्रदर्शन गरेको छ ।

युवाहरुले शुक्रबार जनकपुर जनक चोकमा प्रदर्शन गरेका हुन् । उनीहरुले चीनले नेपालको रुइ गाउँ कब्जा गरेको तथा सगरमाथा आफ्नो भएको दाबी गरेको विरोधमा प्रदर्शन गरेका हुन् । गतहप्ता पनि उनीहरुले काठमाडौँ र विरगञ्जमा प्रदर्शन गरेका थिए ।

अभियन्ता मनिष हिन्दूको नेतृत्वमा प्रदर्शनकारीले चिनियाँ दलाली बन्द गर, रुइ गाउँ फिर्ता गर, देश बेच्न पाइँदैन, गैरजिम्मवार अभिव्यक्ति दिने परराष्ट्रमन्त्री मुर्दाबाद लगायतका नाराबाजी लगाएका थिए ।

उनीहरुले चीनले नेपालको सीमा मिच्दा र पूरै गाउँ कब्जा गर्दा पनि गैर परराष्ट्रमन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै उनको राजीनामा माग गरेका छन्।

उनीहरुले रुई गाउँलाई नेपालको नक्सामा समावेश गरी नयाँ नक्सा प्रकाशित गर्न समेत माग राखेका छन् ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ८ : ५० बजे

हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष

काठमाडौं- नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ

विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

काठमाडौं– निर्वाचन आयोगले यही चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन

मापसे गरी सवारी चलाउने १६ जना कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा मादक

पार्टीको लेटरहेड दुरुपयोग गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको लेटरहेड दुरुपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी