बोझेखोला–सुनकोशी ग्रामीण सडक सञ्चालनमा « Khabarhub

बोझेखोला–सुनकोशी ग्रामीण सडक सञ्चालनमा


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकास्थित बोझेखोला–सुनकोशी ग्रामीण सडक सञ्चालनमा आएको छ ।

वडा नम्बर–३ च्यास्मिटारको बोझेखोलादेखि वडा नम्बर–५ दुर्छिमको छोकमाला हुँदै सुनकोशी किनार जोड्ने नगरपालिकास्तरीय १२ किलोमिटर सडक सञ्चालनमा आएको हो ।

नगरपालिकाकै विकट क्षेत्रका रुपमा रहेको हैदे र दाम्दलेलाई सडक सञ्जालमा जोड्ने लक्ष्यका साथ नगरपालिकाले बोझेखोला–छोकमाला–दाम्दले–हैदे–सुनकोशी झोलुङ्गे पुल सडकलाई प्राथमिकतामा राखेको थियो ।

नगरपालिकास्तरीय सडकका रुपमा दुई वर्षअघि नगरपालिकाले विनियोजन गरेको १५ लाख रकमबाट निर्माण गरिएको सडकका लागि गत वर्ष प्रदेश सरकारबाट रु दश लाख बजेट विनियोजन भएको थियो ।

नगरपालिका र प्रदेश सरकारको बजेट अपुग हुँदा बाँकी रहेको करिब तीन किलोमिटर सडकखण्डलाई पूरा गरेर सञ्चालनमा ल्याइएको नगरप्रमुख इवन राईले जानकारी दिए ।

बाँकी रहेको सडकखण्ड यसपल्ट नगरपालिकाकै तर्फबाट तेल हालेर नगरपालिकाकै मेशिन प्रयोग गरेर पूरा गरिएको हो । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको बाँसबोटे जोड्ने सुनकोशी पुलसम्म पुर्‍याइएको सडकलाई क्रमशः दुर्छिमकै बतासेघाट जोड्ने गरी विस्तार गरिने नगरपालिकाले जनाएको छ ।

बोझे खोला–सुनकोशी झोलुङ्गे पुल सडक निर्माणका क्रममा छोकमालाबाट विकट बस्तीका रुपमा रहेको लाहाटुङसम्म सडक पुर्‍याइएको हो ।

सडक सञ्चालनमा आएपछि आवतजावत, दैनिक उपभोग्य वस्तु ढुवानी, तथा सुनकोशीको ढुङ्गा, गिट्टी र बालुवा निकासीमा सहज भएको स्थानीय बासिन्दाले बताएका छन् । सडक अभावमा घण्टौँ पैदलयात्रा गर्दै आएका स्थानीय बासिन्दा आफ्नो घर आँगनमै यातायातको साधन आइपुगेपछि हर्षित भएका छन् ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकाको सबै वडामा कच्ची सडक पुगेको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने उक्त नगरपालिकामा निर्माण गरिएको सडकमा बाह्रै महिना गाडी सञ्चालन हुने गरेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  १० : ३५ बजे

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई