कोरोना संक्रमणदर अमेरिका र ब्राजिलभन्दा भारतमा धेरै « Khabarhub

कोरोना संक्रमणदर अमेरिका र ब्राजिलभन्दा भारतमा धेरै


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतमा कोरोना संक्रमणदर अमेरिका र ब्राजिलभन्दा बढी भएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र अहिलेसम्मकै र अन्य मुलुकमा भन्दा धेरै संक्रमित भेटिएका छन्। आइतबार भारतमा अमेरिका र ब्राजिलमा भन्दा पनि धेरै संक्रमित पहिचान भएका हुन्।

यसअघि दैनिक संक्रमणदरमा भारतले यी दुई मुलुकलाई पछ्याइरहेको थियो। भारतमा पछिल्लो एक दिनभित्र ५२ हजार ९७२ जना संक्रमित भेटिएका छन्, ७७१ जना संक्रमितको मृत्यु भएको छ। यही अवधिमा अमेरिकामा ३९ हजार ३८ जना र ब्राजिलमा २४ हजार ८१ जना नयाँ संक्रमित फेला परेका छन्।
बीबीसीका अनुसार पछिल्लो ४ दिनयता भारतमा प्रतिदिन लगातार ५० हजारभन्दा धेरै संक्रमित भेटिएका छन्। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो १४ दिनयता भारतमा कोरोना संक्रमितको दर बढेको बढ्यै छ।

अहिलेसम्म त्यहाँ १८ लाख तीन हजार ६९५ जना मानिस संक्रमित भएका छन्। संक्रमितमध्ये ११ लाख ८६ हजार जना उपचारपछि निको भएका छन्। ज्यान गुमाउनेको संख्या ३८ हजार १३५ पुगेको छ।

अमेरिका, ब्राजिल, मेक्सिको र बेलायतपछि भारतमा धेरै संक्रमितको मृत्यु भएको छ। भारतले यो संख्यामा इटली, फ्रान्स, स्पेन र इरानलाई पनि पछाडि पारेको छ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार भारतमा अहिलेसम्म दुई करोड मानिसहरुमा कोरोना संक्रमण भए/नभएको परीक्षण गरिएको छ। भारतको जनसंख्या १ अर्ब ३९ करोडभन्दा धेरै छ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  १२ : ३३ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,