नेपाल बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने « Khabarhub

नेपाल बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बैंक लिमिटेडले बजारको माग र चाहना बमोजिम नेपालको सबैभन्दा कम ब्याजदर हुनेगरी पाँच वर्ष अवधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको छ ।

घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको बैंकले जनाएको छ ।

यसको अतिरिक्त बैंकले नयाँ लघु उद्यम कर्जा, सम्मृद्ध व्यवसाय कर्जा र घडेरी कर्जा योजनाहरु पनि शुभारम्भ गरेको छ ।

लघु उद्यम कर्जा तथा समृद्ध व्यवसाय कर्जाको वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको र सो ब्याजदर पनि उक्त प्रकृतिका कर्जाहरुमा बैंकिङ्ग क्षेत्रकै न्यून ब्याजदर रहेको जनाइएको छ ।

यस प्रकारका कर्जाहरु प्राप्त गर्नका लागी सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार/व्यवसाय सञ्चालन तथा विस्तारको निमित्त रु. २५ लाख देखी रु. ९९ लाख सम्मको लागि लघु उद्यम कर्जा र रु. १ करोड देखी रु. ३ करोड सम्मको चालु तथा स्थिर पूँजी व्यवस्थापनका लागी  समृद्ध व्यवसाय कर्जा उपलब्ध गराउन सकिने जनाइएको छ ।

दुबै प्रकारका कर्जाहरु अन्तर्गत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा फिक्स्चर्स खरिद गर्न स्थिर पूँजीकर्जा र चालु सम्पत्ती व्यवस्थापनको लागि चालु पूँजिकर्जा प्रदान गर्न सकिनेछ ।

लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको ७ दिन भित्र निर्णय गरी प्रदान गर्न सकिने व्यवस्था रहेको छ ।

घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले घडेरी कर्जा पनि ल्याएको छ, जसको वार्षिक ब्याजदर ९.९९ प्रतिशत रहेको छ ।

घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तिय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसीय आवश्यकता पूरागर्न यो कर्जाको सुरुवात गरिएको हो ।

यस कर्जा अन्तर्गत खरिद गरिने घडेरी जग्गा कम्तिमा साढे दुई आना वा साढे चार धुर देखी बढीमा एक रोपनी वा डेढ कट्ठा सम्म क्षेत्रफल भएको हुनुपर्नेछ । यो कर्जाको अबधि ५ बर्ष देखि २० वर्ष सम्म कायम गरिएको छ ।

नेपालकै फ्ल्यागसिप बैंकको रुपमा रहेको यस बैंकले १८६ वटा शाखाहरु, १२५ बटा एटीएम तथा २९ बटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ । चालु आ.व. भित्र सबै जिल्लाहरुमा शाखा सञ्जाल पुर्‍याइ कुल शाखा संख्या २१४ पुर्‍याउने लक्ष्यका साथ कार्यहरु अगाडि बढाइरहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ४ : ०१ बजे

इस्लामिक क्रान्तिका नेता खामेनीद्वारा एकताको आह्वान

एजेन्सी– इस्लामिक क्रान्तिका नेता आयातोल्ला सैय्यद अली खामेनीले इस्लामिक क्रान्तिको

गजेन्द्रनारायणको शालिकमा गाडीबाटै ‘माला फ्याँकेपछि’ विवादमा बालेन्द्र

काठमाडौं– मधेशका सम्मानित नेता स्वर्गीय गजेन्द्रनारायण सिंहको शालिकमा परैबाट माला

गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने

गण्डकी– गण्डकी प्रदेशमा यस वर्ष २१ हजार १३४ किशोरीलाई पाठेघरको

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

रामेछाप- रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा १२ जनाको