कर्मचारी सञ्चय कोषको ऋण अब अनलाईनबाटै तिर्न सकिने « Khabarhub

कर्मचारी सञ्चय कोषको ऋण अब अनलाईनबाटै तिर्न सकिने


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्मचारी सञ्चय कोषबाट लिएको कर्जा अब अनलाईनबाटै भुक्तानी गर्न सकिने भएको छ ।

कोषले आफुले प्रदान गर्ने गरेको सरल चक्र कर्जा, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी तथा विशेष सापटी लगायतका कर्जाको भुक्तानी अनलाईन माध्यम ‘कनेक्ट आईपीएस ई पेमेन्ट’ प्रणाली मार्फत गर्ने व्यवस्था मिलाएकाे हाे ।

यसरी गरिएको कर्जा भुक्तानीको संकलन सोझै हिमालयन बैंक, माछापुच्छ्रे बैंक तथा एनआईसी एशिया बैंकमा रहेको कोषको तोकिएको खातामा हुनेछ ।

यस डिजिटल माध्यमबाट कर्जा भुक्तानीको व्यवस्थासँगै सञ्चय कोषका विभिन्न कर्जाहरुको भुक्तानी अनलाईन माध्यम मार्फत कनेक्ट आईपीएसबाट सोझै यस प्रणालीमा आबद्ध ५५ वटा बैंक वित्तिय संस्थाहरुका खाताबाट गर्न सकिने छ ।

यससँगै अबदेखि ग्राहकले कर्जा भुक्तानीका निम्ती कोषको कार्यालय वा बैंक काउन्टरसम्म पुग्नुपर्ने बाध्यता पनि रहने छैन ।

यसका निम्ति ऋणीले कनेक्ट आईपीएस ई पेमेन्ट प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खातालाई लिन्क तथा भेरिफाई गराई सजिलै भुक्तानी गर्न सक्नेछन् ।

ऋणीले www.connectips.com मा गई कर्मचारी सञ्चय कोष भुक्तानीलाई छनोट गरी मागिएको आवश्यक विवरण भरी सोझै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ४ : १८ बजे

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका