ढोरपाटनका १५ घर बगाउँदा बेपत्ता १३ मध्ये ६ को शव फेला « Khabarhub

ढोरपाटनका १५ घर बगाउँदा बेपत्ता १३ मध्ये ६ को शव फेला


१८ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले १५ घर बगाउँदा बेपत्ता भएका १३ जनामध्ये ६ को शव फेला परेको छ ।

सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँमा गएराति १२ बजेतिर आएको बाढीले कम्तिमा १५ घर बगाएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले जानकारी दिए । बिहान ८ बजेसम्म ६ जनाको शव फेला परेको प्रजिअ न्यौपानेले बताए ।

उनका अनुसार ढोरपाटनका ६, ७, ८ र ९ वडा प्रभावित भएका छन् । त्यसमध्ये पनि ८ र ९ वडामा बढी क्षति भएको छ ।

अरिवरल वर्षासँगै आएको भिषण बाढीपछि बेपत्ता भएकाहरूको अहिले नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीले खोजी जारी राखेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख, प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

‘रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो भन्ने अझै यकिन हुन सकेको छैन’, भण्डारीले भने, ‘अहिले उद्धारको काम भइरहेको छ ।’

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ८ : १४ बजे

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले