लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु « Khabarhub

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- बुधबार साँझ श्वासप्रश्वासमा समस्या भएपछि र उच्च ज्वरो आएपछि अस्पताल पुगेकी रुपन्देहीको सैनामैना ११, सालझण्डीकी ७७ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

कोरोनासँग मिल्दो लक्षण भएपछि बुधबार नै उनको पीसीआर परीक्षण गर्दा उनीमा कोरोना पुष्टि भएको थियो ।

कोरोना विशेष अस्पतालमा बेड र भेन्टिलेटर दुवै खाली नभएपछि उनलाई प्रादेशिक अस्पतालकै आइसालेसनमा राखिएको थियो । उपचारकै क्रममा बिहीबार बिहान साढे ४ बजे उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

उनलाई गत ३ दिनदेखि खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या हुने भएको थियो । उनको मृत्युसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ९ : ३४ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको