लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु « Khabarhub

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु


१८ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- बुधबार साँझ श्वासप्रश्वासमा समस्या भएपछि र उच्च ज्वरो आएपछि अस्पताल पुगेकी रुपन्देहीको सैनामैना ११, सालझण्डीकी ७७ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

कोरोनासँग मिल्दो लक्षण भएपछि बुधबार नै उनको पीसीआर परीक्षण गर्दा उनीमा कोरोना पुष्टि भएको थियो ।

कोरोना विशेष अस्पतालमा बेड र भेन्टिलेटर दुवै खाली नभएपछि उनलाई प्रादेशिक अस्पतालकै आइसालेसनमा राखिएको थियो । उपचारकै क्रममा बिहीबार बिहान साढे ४ बजे उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

उनलाई गत ३ दिनदेखि खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या हुने भएको थियो । उनको मृत्युसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ९ : ३४ बजे

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि