बाँकेमा पनि प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमतिको उपचार « Khabarhub

बाँकेमा पनि प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमतिको उपचार


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाँकेमा पनि गम्भिर प्रकृतिका बिरामीमा प्लाज्मा थेरापी विधिबाट कोरोनाको उपचार सुरु गरिएको छ ।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाशबहादुर थापाका अनुसार भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार शुरु गरिएको हो ।

डा थापाका अनुसार भेरी अस्पतालमा उपचारत २९ वर्षीय एक कोरोना संक्रमित पुरुषमा भदौं १६ गतेदेखि प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गरिएको हो ।

भदौ १३ गते कोरोना पुष्टि भएर भेरी अस्पतालमा उपचारत ती पुरुषको स्वास्थ्य अवस्था भदौ १४ गतेदेखि गम्भिर बन्दै गएको थियो ।

शरीरमा अक्सिजनको मात्रामा कमी भइ अधिकतम मात्रामा अक्सिजन दिँदा पनि सुधार नभएपछि अस्पतालले आइसोलेसन वार्डमै ती पुरुषलाई प्लाज्मा थेरापी विधिबबाट उपचार शुरु गरेको थियो ।

प्लाज्मा थेरापी विधिबाट उपचार गरेपछि उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको असपतालमा मेसु डा थापाले खबरहबलाई बताए ।

डा थापाले भने, ‘हाम्रो अस्पतालमा भदौ १६ गतेदेखि प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार सुरु भएको छ । एकजना पुरुषमा शरीरमा अक्सिजनको मात्रामा कमी भए अधिकतम मात्रामा अक्सिजन दिँदा पनि कुनै सुधार भएको थिएन, आइसीयुमा राख्नुपर्ने अवस्था आइसकेको थियो, तर हामीकहाँ आइसीयु थिएन,’ डा थापाले भने, ‘बिरामीको अवस्था गम्भिर बन्दै गएपछि हामीले आइसोलेसन वार्डमै राखेर प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गर्‍यौ भदौ १६गते उहाँलाई प्जाज्मा दिइएको थियो । अहिले त उहाँको स्वास्थ्यमा निकै सुधार भएको छ ।’

डा थापाका अनुसार ती बिरामीलाई कोरोना निको भएका नेपालगञ्ज उपमहानगरपालिका –१ का वडाअध्यक्ष प्रमोद रिजालले प्लाज्मा दिएका हुन् ।

ती बिरामीमा प्लाज्मा थेरापी विधिबाट उपचार सफल भएमा अन्य गम्भिर प्रकृतिका बिरामीलाई पनि प्लाज्मा दिन सबै निको भएका संक्रमतिहरुलाई आग्रह गर्ने डा थापाले बताए ।

प्लाज्मा थेरापी विधिबाट उपचार गर्न निको भएका संक्रमतिहरुलाई सम्पर्कमा ल्याउन अस्पतालका फिजिसियन डाक्टर खगेन्द्रजंग शाहलाई जिम्मेवारी दिइएको डा थापाले बताए ।

यस्तै नेपालगञ्ज मेडिकल कलेजमा पनि एकजना बिरामीमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार सुरु गरिएको थापाले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ११ : १६ बजे

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा