नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु « Khabarhub

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

आज बिहान ११ बजे बस्ने तय भएको बैठक ३ बजेलाई सारिएको थियो । बैठक केहीबेर अघि सुरु भएको नेकपा अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए।

जारी बैठकमा केही महिनादेखि चलिरहेको पार्टी आन्तरिक विवाद समाधानका लागि महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने बताइएको छ ।

बैठकमा कार्यदलको सुझाब प्रतिवेदनमा छलफल हुने निर्धारित एजेण्डा रहे पनि राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने रिक्त एक स्थानमा उपाध्यक्ष वामदेव गौतम र अर्थमन्त्री डा. युवराज खतिवडामध्ये कसलाई पठाउने भन्ने विषय टुंग्याउने तयारी रहेको स्रोतको भनाइ छ ।

पार्टीका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै राष्ट्रियसभामा मनोनित गरेर अर्थमन्त्रीमा निरन्तरता दिने चाहना राखेको कुरा बाहिर आएपछि उपाध्यक्ष गौतमले यसअघि पार्टीले गरेको निर्णयअनुसार आफू मनोनित हुनुपर्ने दाबी गरेका छन् । गौतमको दाबीले प्रधानमन्त्री ओली दबाबमा परेका छन् ।

ओलीले गौतमलाई मनाउन बुधबार राति नै बालुवाटारमा गोप्य भेटवार्तासमेत गरेका छन् । उक्त भेटमा उनले गौतमलाई प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधि सभामा ल्याउने आश्वासन दिए पनि उनी त्यसमा सहमत नभएको स्रोतले जनाएको छ ।

त्यसअघि बुधबार नै ओली र द्वितीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पनि भेटवार्ता भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै २ घण्टा भएको भेटमा सचिवालय बैठकका एजेण्डासहित गौतमलाई के गर्ने भन्नेमा छलफल भएको थियो । प्रचण्ड पार्टीको निर्णय अनुसार गौतमलाई राष्ट्रियसभामा लैजानै पर्ने अडानमा छन् ।

गैरसांसदका रूपमा मन्त्री नियुक्त अर्थ र सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. खतिवडाको ६ महिने अवधि यही भदौ २० गते पूरा हुँदैछ । उनी मन्त्री पदमा कायम रहन संघीय संसदको सदस्य हुनै पर्छ । राष्ट्रिय सभामा मनोनित हुने एक स्थान रिक्त छ ।

हालै एक टेलिभिजन अन्तर्वार्तामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने पार्टी सचिवालय निर्णय निष्क्रिय भइसकेको बताएपछि नेकपामा विवाद बढेको छ ।

प्रधानमन्त्रीले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने सचिवालय बैठकको निर्णय कार्यान्वयन नगरी एक स्थान रिक्त राखेका छन् । कार्यान्वयन गर्नु पर्ने समयमा उनले अर्थमन्त्री डा. खतिवडालाई गैरसांसदका रूपमा मन्त्री पदमा शपथ गराएका थिए ।

प्रधानमन्त्री निक एक उच्च स्रोतका अनुसार अर्थमन्त्रीका रूपमा डा. खतिवडाले निरन्तरता पाउने गरी निर्णय हुनेछ । सचिवालयमा भने गौतमका पक्षमा मत बलियो देखिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ३ : ३७ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका