वीर अस्पतालमा कोरोनाका बिरामी मात्र राख्ने तयारी « Khabarhub

वीर अस्पतालमा कोरोनाका बिरामी मात्र राख्ने तयारी

वीरका बिरामी ट्रमा सेन्टरमा सारिने


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले वीर अस्पताललाई कोरोना संक्रमितको मात्र उपचार गर्ने अस्पतालको रुपमा रुपान्तरण गर्ने तयारी गरेको छ ।

अस्पतालका उपचारका लागि पुग्ने अघिकांश बिरामी र अस्पतालकै चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले वीर अस्पताललाई कोरोना संक्रमितको मात्र उपचार गर्नेगरी व्यवस्थापन गर्न लागेको हो ।

स्वास्थ्य तथा जनसंख्द्या मन्त्री भानुभक्त ढकालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति तथा निर्देशकसहितको पदाधिकारीसँग बैठक समेत गरेको थिए ।

अबदेखि वीर अस्पताललाई कोरोना संक्रमितको मात्र उपचार गर्ने र वीर अस्पतालमा भर्ना भएका बिरामीलाई राष्ट्रिय ट्रमा सेन्टरमा सार्ने तयारी हुँदैछ ।

वीर अस्पतालका निर्देशक डाक्टर केदार सेञ्चुरीका अनुसार हाल वीर अस्पतालमा १९० जना बिरामीहरु भर्ना भएर उपचार गराइरहेका छन् ।

यस्तै ६८ जना कोरोना संक्रमितहरु पनि आइसोलेसनमा उपचारत छन् । वीर अस्पतालमा तीन साताको अवधिमा ७३ जना डाक्टर नर्स लगायतका स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भइसकेको छ ।

अस्पतालमा कोरोना संक्रमित र अन्य दुवै सेवा प्रवाह गर्दा संक्रमणको फैलिने जोखिम भएकाले वीरमा कोरोना संक्रमतिको मात्र उपचार गर्न लागिएको डा सेञ्चुरीले बताए ।

‘कोरोना संक्रमित र अन्य रोगका दुवै किसिमका बिरामीको एउटै अस्पतालमा उपचार गर्दा सेवा दिन समस्या भयो, स्वास्थ्यकर्मीमा पनि संक्रमण देखियो,’ डा सेञ्चुरीले भने, ‘शुक्रराज अस्पताललाई कोभिड मात्र बनाउँदा स्टाफमा अहिलेसम्म संक्रमण देखिएको छैन, त्यसले गर्दा वीर अस्पतालमा पनि कोरोना संक्रमितलाई मात्र सेवा दिने भनेर छलफल भएको हो ।’

डा सेञ्चुरीका अनुसार वीर अस्पतालमा १८ वटा रोग विशेषज्ञ सेवा सञ्चालित छ । तर बिरामी र स्वास्थ्यकर्मी दुवैमा कोरोना संक्रमण बढ्दै गएपछि अस्पतालले प्रभावकारी सेवा दिन नसकेको गुनासो समेत आइरहेको छ ।

वीर अस्पतालमा भर्ना भएका सबै बिरामी ट्रमामा सार्ने भनिएपछि कसरी सार्ने र ट्रमा सेन्टरमा सेवाको व्यवस्थापन कसरी गर्ने भनेर छलफल भइरहेको डा सेञ्चुरीले बताए ।

‘वीर अस्पतालमा त धेरै विभागहरु छन्, बिरामी पनि धेरै आउँछन्, तर ट्रमामा सबैलाई राख्न ठाउँ पुग्छ वा पुग्दैन,’ डा सेञ्चुरीले भने, ‘सबैकुरा हेरेर व्यवस्थापन गर्न सकिने भएमा ट्रमामा सार्ने वा मेडिसिन र सर्जरी भनेर विभाग छुट्याएर सोही अनुसार सेवा मिनाउने कुरा भइरहेको छ । कसरी व्यवस्थापन गर्ने भनेर हामी छलफल गर्दैछौं ।’

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ३ : ५९ बजे

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको

किमाथांका अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

किमाथांका– किमाथांका अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई १८ करोड बढी मुआब्जा

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु