ओमानबाट सेप्टेम्बर ११ मा सलाम एयरले उडान गर्ने « Khabarhub

ओमानबाट सेप्टेम्बर ११ मा सलाम एयरले उडान गर्ने



दोहा : ओमानबाट सलाम एयरले पाँचौ चरणको उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

ओमानस्थित नेपाली दूतावासका अनुसार कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्‍न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकलाई स्वदेश ल्याइँदैछ ।

नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने तोकिएको प्रावधान अनुरुप स्वदेश फर्कन विभिन्‍न माध्यमबाट दूतावासमा नाम टिपाएकाहरूलाई प्राथमिकताका आधारमा नेपाल जान आगामी सेप्टेम्बर ११ तारिखमा सलाम एयरले उडान गर्ने भएको छ ।

उक्त उडानबाट स्वदेश लागि नेपाल सरकारले तोके बमोजिम कोभिड-१९ को ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्नेछ। सलाम एयरको उडानको एकतर्फी भाडादर ११५ ओमानी रियल लगेज २० केजी तथा ७ केजी ह्यान्ड ब्याग तोकिएको दूतावासले जनाएको छ ।

उक्त उडानबाट स्वदेश फर्किनेहरुको नामावली प्राथमिकताको आधारमा चाँडै प्रकाशन गरिने छ तथा कोभिड-१९ को परीक्षण र टिकट सम्बन्धी विस्तृतमा अर्को सूचनामा खुलाइने दूतावासले जनाएको छ ।

सलाम एयरको सो उडानबाट ओमान फर्कन चाहने नेपालीहरूले ओमानको परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्ने छ। सो अनुमतिको आफू कार्यरत कम्पनीबाट वा सलाम एयरको नेपालको कार्यालय वा ओमानमा सलाम एयरको कार्यालयमा सम्बन्धित कागजात सहित इमेल गर्नुहुन वा ७११७७८९२ मा सम्पर्क गर्न समेत दूतावासले अनुरोध छ।

स्वदेश फर्किन नाम टिपाएका हरूलाई क्रमश: नेपाल लैजान यही सेप्टेम्बर २५ मा अर्को उडान हुने र सेप्टेम्बर महिनामा नै थप उडान गर्ने गरी नेपालको सम्बन्धित निकायहरूसँग समन्वय भै रहेकोले अन्य उडानहरूबारे पनि चाँडै अर्को सूचना प्रकाशित गरिने जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ८ : २१ बजे

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि