धरानस्थित बीपी अस्पतालमा सप्तरीका २ कोरोना संक्रमितको मृत्यु « Khabarhub

धरानस्थित बीपी अस्पतालमा सप्तरीका २ कोरोना संक्रमितको मृत्यु


१८ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सूचना अधिकारी डाक्टर निदेश सापकोटाका अनुसार सप्तरीका ५५ वर्षका एक जना पुरुष र सप्तरीकै ५० वर्षका अर्का एक पुरुषको मृत्यु भएको हो ।

दुवै जना पुरुष सप्तरीको राजविराज–७ का स्थानीय हुन् ।

डा सापकोटका अनुसार ५५ वर्षका पुरुषमा १५ वर्षअघिदेखि मधुमेह र उच्च रक्तचापको समेत समस्या थियो ।

ती पुरुषमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि छिन्नमस्ता अस्पताल सप्तरीले बीपी प्रतिष्ठानमा भदौ ४ गते रेफर गरेको थियो ।

भदौ ७ गते कोरोना पुष्टि भएपछि अस्पतालकै कोभिड वार्डको आईसीयुमा उपचाररत उनको आज दिउँसो १ बजेर १५ मिनेटमा मृत्यु भएको हो ।

यस्तै सप्तरीकै अर्का मृतक ५० वर्षका पुरुषमा पनि पहिला देखि नै मधुमेहको समस्या थियो ।

उनलाई ज्वरो, श्वासप्रश्वासमा समस्या र शरीर सिथिल हुने समस्या देखिएपछि भदौ १८ गते बीपी अस्पतालमा भर्ना भएका थिए ।

उनको आज दिउँसो २ बजेर २ मिनेटमा मृत्यु भएको र बिहीबार नै कोरोनाको रिपोर्ट पनि पोजेटिभ आएको डा सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ५ : ३० बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ