कतारबाट फर्किने नेपालीहरुले निःशुल्क पीसीआर परीक्षण गर्न पाउने « Khabarhub

कतारबाट फर्किने नेपालीहरुले निःशुल्क पीसीआर परीक्षण गर्न पाउने



दोहा- कतारबाट नेपाल फर्किनेहरुले अब निःशुल्क र कम शुल्कमा कोरोनाको पीसीआर परीक्षण गर्न सक्ने भएको छ ।

स्वदेश फर्कनका लागि तोकिएका नीजि अस्पतालसँगै अब निश्चित सरकारी अस्पतालमा निःशुल्क र एकदमै कम शुल्कमा कोरोनाको पीसीआर परीक्षण गर्न सकिने कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

वर्कर हेल्थ केयर सेन्टर,फेरिज अब्देल अजिज हेल्थ केयर सेन्टरमा निःशुल्क तथा निकै कम शुल्कमा पीसीआर परीक्षण गर्न सकिने दूतावासले जनाएको छ ।

यसैगरी मुईथेर हेल्थ केयर सेन्टर, रावादत अल खाली हेल्थ केयर सेन्टर, उम सलाल हेल्थ केयर सेन्टर तथा घराफत अल रयान हेल्थ केयर सेन्टरमा पनि  पीसीआर परीक्षण गर्न सकिने सकिने दूतावासले जनाएको छ ।

नेपाल सरकारले पीसीआर परीक्षण गरेर स्वदेश फर्किएकालाई होटल क्वरेण्टिनमा बस्न नपर्ने मापदण्ड तय गरेको छ ।

यदी पीसीआर परीक्षण नगरी स्वदेश फर्किएमा काठमाण्डौमा सात दिन आफ्नै खर्चमा होटल क्वरेण्टिनमा बस्नुपर्ने हुन्छ ।

दूतावासका अनुसार हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका लागि सेप्टेम्बर ३, ६, ८ र २३ तारिखका लागि ४ ओटा उडान तय भएको जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ८ : ३६ बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल