कोरोना महामारीपछि बन्द न्यूजिल्याण्डसँगको सीमा खुला गर्ने अष्ट्रेलियाको तयारी « Khabarhub

कोरोना महामारीपछि बन्द न्यूजिल्याण्डसँगको सीमा खुला गर्ने अष्ट्रेलियाको तयारी


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अष्ट्रेलियाले न्यूजिल्याण्डतर्फको सीमा खुला गर्ने तयारी गरेको छ ।

कोभिड १९ का कारणले हप्तौँअघि बन्द गरिएका न्यूजिल्याण्डका सीमा केही दिनमै खुला गर्ने अष्ट्रेलियाका उपप्रधानमन्त्री म्याक कोरम्याकले जनाए ।

अष्ट्रेलियाले न्युजिल्याण्डतर्फको सीमा खुला गर्ने जानकारी गराएसँगै अष्ट्रेलियाका पनि न्यू साउथ वेल्स र उत्तरी क्षेत्रको पर्यटकीय क्रियाकलापमा बृद्धि हुने जनाइएको छ ।

सीमा नाका खुला भए न्यूजिल्याण्डका नागरिक तथा त्यहाँ रहेका अरू पनि देशका नागरिकले पनि अष्ट्रेलिया प्रवेश पाउन सक्नेछन् । कोभिड-१९ को संक्रमण नभएको पुष्टि हुने कागजातसहित अष्ट्रेलिया प्रवेश गर्ने उनीहरूले क्वारेन्टिनमा पनि बस्नु नपर्ने कोरम्याकले बताएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ८ : ४० बजे

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८५ लाई आयोगले सोध्यो स्पष्टीकरण, ५४ मात्र जवाफ

काठमाडौं–  केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८५ उजुरी प्राप्त

माओवादी विद्रोह अन्त्यको ‘अन्तिम चरण’मा भारत

एजेन्सी – भारत सरकारले दशकौँदेखि जारी माओवादी सशस्त्र आन्दोलन अब

दक्षिण अफ्रिकासँग भारत पराजित हुँदा बने यी सात रेकर्ड

नयाँदिल्ली- सन् २०२३ पछि पहिलो पटक आईसीसी इभेन्टमा भारत पराजित

तुलसीपुरमा घट्दै पानीको आपूर्ति

तुलसीपुर– शिशिर ऋतु सकिनै लाग्दा दाङ तुलसीपुरमा खानेपानीको आपूर्ति घट्दै

धादिङ बस दुर्घटनालाई लिएर गृहमन्त्रालयमा आकस्मिक बैठक

काठमाडौं– धादिङमा गएराति भएको बस दुर्घटनाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्यालको