कोरोना संक्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना « Khabarhub

कोरोना संक्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालमा भर्ना भएका छन् ।

कोरोना संक्रमण भएको २४ घण्टा नबित्दै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।

उनी हाल वाल्टर रिड नेसनल मेडिकल सेन्टरमा उपचाररत रहेका छन् । उनलाई आज बिहानबाट ज्वरो आएको चिकित्सकहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

यसअघि शुक्रबार बिहान उनले ट्वीट गर्दै आफू र पत्नी मेलानिया ट्रम्पलाई कोरोना पुष्टि भएको जानकारी दिएका थिए।

संक्रमण देखिए पनि कुनै लक्षण नदेखिएकाले होम आइसोलेसनमा बसेका ट्रम्प थकान महसुस गर्नाका साथै उनमा कोभिड-१९ का हल्का लक्षण पनि देखिएपछि अस्पताल भर्ना भएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ६ : ४४ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति