त्रिशूली नदीमा ट्रक खस्दा तीन जना घाइते | Khabarhub Khabarhub

त्रिशूली नदीमा ट्रक खस्दा तीन जना घाइते


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भैरहवाबाट काठमाडौँका लागि छुटेको ट्रक पृथ्वी राजमार्ग अन्तर्गत चितवनको कुरिनटारबाट त्रिशूली नदीमा खसेको छ ।

भैरहवाबाट सिमेन्ट लिएर छुटेको ना ५ ख ९६२२ नम्बरको इच्छाकामना गाउँपालिका-४ कुरिनटारस्थित एक मोडबाट साढे ४ बजेतिर त्रिशूली नदी किनारमा खस्दा तीन जना घाइते भएका छन्।

दुर्घटनामा ट्रक चालक धादिङ गल्छी गाउँपालिका- ७ का २७ वर्षीय रोहित तमाङ, सहचालक सोही ठाउँका १९ वर्षीय राजकुमार लोप्चन र धादिङ थाक्रेका २३ वर्षीय अर्जुन रुम्बा घाइते भएका छन् ।

उनीहरूमध्ये रूम्बाको अवस्थ गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको धादिङ मलेखुको हाइवे अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ७ : २६ बजे

दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, युनिभर्सिटी तत्काल खाली गर्न निर्देशन

लस एन्जलस- अमेरिकाको क्यालिफोर्निया राज्यको भेन्टुरा काउन्टीमा बिहीबार बिहान सुरू

राजेन्द्र लिङ्देनको निष्कर्ष- कांग्रेस-एमाले बहुदल मासेर दुई दल राख्ने षडयन्त्र गर्दै छन्

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्को पहिलो

धरानका मेयरलाई मन्त्रीको जवाफ- ‘ड्रामा’ गरेर धरानमा खानेपानी आउँदैन

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले ‘ड्रामा’ गरेर धरानमा खानेपानीको समस्या समाधान

पारिलो घामसँगै टल्किएका हिमाल (तस्बिरहरू)

काठमाडौं- यो वर्षको हिउँद बित्न लाग्दा अहिलेसम्म नेपालमा माटो भिज्ने

राप्रपाले सरकारविरुद्धको जनसंघर्षलाई सशक्त बनाउने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्धको जनसंघर्षलाई सशक्त बनाउने जनाएको