राजनीतिक नियुक्तिले असन्तुष्टि चुलिएपछि नेकपा सचिवालय बैठक आज « Khabarhub

राजनीतिक नियुक्तिले असन्तुष्टि चुलिएपछि नेकपा सचिवालय बैठक आज


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।

अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठकमा मन्त्री हेरफेर तथा पछिल्लो मन्त्रिपरिषदले गरेको केही नियुक्तिका विषयमा छलफल हुनेछ ।

पार्टीभित्र छलफल गरेर मात्रै महत्वपूर्ण राजनीतिक नियुक्ति गर्ने भनिए पनि प्रधानमन्त्री ओलीले एकलौटी ढंगले राजदूतसहितका केही महत्वपूर्ण निर्णय गरेको भन्दै आलोचना सुरू भएको छ । ओलीइतरका नेताहरूले बैठकमा त्यसबारे प्रश्न उठाउने छन् ।

यद्यपि प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद्को पछिल्लो नियुक्तिअघि पटक-पटक छलफल भए पनि त्यसबारे समझदारी थियो वा थिएन भन्ने बाहिरिएको छैन ।

प्रचण्डले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक नगरे पनि उनी निकट नेताहरूले असन्तुष्टि जनाइसकेको विषय बाहिरिएका छन् ।

बिहीबारको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिकाको राजदूत, मुख्यसचिवमा शंकरदास बैरागी र निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत बनाउने निर्णय गरेको थियो ।

उक्त निर्णयपछि नेकपाभित्र गत भदौ अन्तिम साताबाट मत्थर भएको विवाद फेरि बल्झिने आकलन हुन थालेको छ ।

भदौ २६ गते बसेको स्थायी कमिटी को बैठकले सरकारले महत्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने निर्णय गरेको थियो।

यस्तै आजको बैठकमा मन्त्री हेरफेरबारे अध्यक्षद्वयबीच अहिलेसम्म भएको छलफल र समझदारीबारे पनि छलफल हुने स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ७ : ११ बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण