इरफानको चिहानको विषयलाई लिएर पत्नीको आलोचना « Khabarhub

इरफानको चिहानको विषयलाई लिएर पत्नीको आलोचना


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता इरफान खानको निधन पश्चात उनका फ्यान तथा आफन्त पीडाबाट बाहिर निस्कन पाएका छैनन् । न्यूरोएण्डोक्राइन ट्यूमरका कारण गत अप्रिलमा इरफानको निधन भएको थियो ।

हालै कलाकार चन्दन राय सान्यालले उनको चिहानको एक तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका थिए । इरफानको चिहानको तस्बीर हेरेपछि उनका फ्यान निकै भावुक बने ।

तस्वीरमा इरफानको चिहान निकै खराब हालतमा देखिएको छ । जसमा दुखः दर्शाउदै मोनिका मुखर्जी नामक प्रशंसकले इरफान पत्नी सुतापा सिकदरलाई चिहानको हालतको जिम्मेवार भनेकी थिइन् ।


प्रशंसक मोनिकाको कमेन्टमा इरफान पत्नी सुतापा सिकदरले जवाफ लेखेकी छन्, महिलालाई चिहान (कब्रिस्तान)मा जाने अनुमति हुदैन । त्यसैले मैले रातकी रानी फूल इगतपुरीमा लगाएको छु । जहाँ उनको स्मृति पट्टिका समेत लागेको छ । त्यहि मैले उनको अन्य उनका मनपर्ने सामाग्री समेत विर्सजन गरेको छु । त्यस स्थानमा म कसैको रोकटोक बिना घण्टौं बस्न सक्छु । उनको आत्मा त्यहि छ । तर यसको मतलब यो होइन उनको चिहानलाई त्यतिकै छाडिदिउ । बर्षामा जंगली झार उम्रिन्छन् । चिहान आसपासका ति झार मलाई सुन्दर लागे ।


सुतापाको यस जवाफले इरफानका धेरै फ्यान उनीप्रति नतमस्तक भएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  १ : ०८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै