इरफानको चिहानको विषयलाई लिएर पत्नीको आलोचना « Khabarhub

इरफानको चिहानको विषयलाई लिएर पत्नीको आलोचना


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता इरफान खानको निधन पश्चात उनका फ्यान तथा आफन्त पीडाबाट बाहिर निस्कन पाएका छैनन् । न्यूरोएण्डोक्राइन ट्यूमरका कारण गत अप्रिलमा इरफानको निधन भएको थियो ।

हालै कलाकार चन्दन राय सान्यालले उनको चिहानको एक तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका थिए । इरफानको चिहानको तस्बीर हेरेपछि उनका फ्यान निकै भावुक बने ।

तस्वीरमा इरफानको चिहान निकै खराब हालतमा देखिएको छ । जसमा दुखः दर्शाउदै मोनिका मुखर्जी नामक प्रशंसकले इरफान पत्नी सुतापा सिकदरलाई चिहानको हालतको जिम्मेवार भनेकी थिइन् ।


प्रशंसक मोनिकाको कमेन्टमा इरफान पत्नी सुतापा सिकदरले जवाफ लेखेकी छन्, महिलालाई चिहान (कब्रिस्तान)मा जाने अनुमति हुदैन । त्यसैले मैले रातकी रानी फूल इगतपुरीमा लगाएको छु । जहाँ उनको स्मृति पट्टिका समेत लागेको छ । त्यहि मैले उनको अन्य उनका मनपर्ने सामाग्री समेत विर्सजन गरेको छु । त्यस स्थानमा म कसैको रोकटोक बिना घण्टौं बस्न सक्छु । उनको आत्मा त्यहि छ । तर यसको मतलब यो होइन उनको चिहानलाई त्यतिकै छाडिदिउ । बर्षामा जंगली झार उम्रिन्छन् । चिहान आसपासका ति झार मलाई सुन्दर लागे ।


सुतापाको यस जवाफले इरफानका धेरै फ्यान उनीप्रति नतमस्तक भएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  १ : ०८ बजे

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

सुनसरी – चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा

नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५

नेपाल ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

तेहरान – लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र