चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि शुरु « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि शुरु


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि सञ्चालनमा आएको छ । कोरोनाका कारण झण्डै छ महिना ठप्प रहेको गतिविधि पुनः सञ्चालनमा आएको हो ।

चितवन राष्ट्रिय निञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हात्ती सफारी, जङ्गलवाक र पक्षी दृश्यावलोकन खुला भइसकेको बताए । उनले भने, “जिप सफारीका लागि बाटो मर्मत गर्दैछौँ, दशैँअघिसम्म सञ्चालनको तयारीमा छौँ ।” उनले आन्तरिक पर्यटक फाट्टफुट्ट आउन थालेको भन्दै क्रमशः अवस्था सहज बन्दै जाने बताए ।

निकुञ्जअन्तर्गतका सामुदायिक वनमा भने यसअघि नै पर्यटकीय गतिविधि खुला भइसकेका छन् । निकुञ्जले राप्ती नदीमा डुङ्गा सञ्चालनका लागि ठेक्का प्रक्रिया पनि अघि बढाएको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिए । उनले पदयात्रा मार्गको झाडी सरसफाइको काम पनि भइरहेको बताए ।

असोज, कात्तिक महिना निकुञ्ज घुम्न राम्रो मौसम मानिन्छ । यस वर्ष पर्यटकीय गतिविधि शून्य छ । क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले निकुञ्जले प्रवेश खुला गरेपछि पर्यटकीय क्षेत्र चलायमान हुने बताए । उनले दशैँतिहारमा आन्तरिक पर्यटक आउने आशामा सौराहाका व्यवसायी रहेको जानकारी दिए ।

सौराहामा छुटलगायतका प्याकेजका कार्यक्रम पनि घोषणा भएको उनले बताए ।

गत वर्ष एक लाख ८२ हजार ४३५ पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका थिए । यसमध्ये ८९ हजार ४४१ नेपाली, १४ हजार २३९ सार्क राष्ट्रका र ७८ हजार ७५५ जना अन्य देशका थिए । गत वर्ष पर्यटनबाट मात्र रु १९ करोड ९२ लाख ५५ हजार ६८१ कमाएको निकुञ्जको यस वर्ष आम्दानी शून्य छ ।

निकुञ्जले पर्यटक प्रवेश शुल्क र डुङ्गा शयरको बोलपत्रमार्फत राजश्व सङ्कलन गर्ने गरेको छ । विसं २०३० मा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज नेपालको प्रमुख पर्यटकीय गन्तव्यको निकुञ्ज हो ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  २ : २२ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका