प्रदेश राजधानी दाङको पक्षमा मतदान गर्ने नेकपाको निर्णय « Khabarhub

प्रदेश राजधानी दाङको पक्षमा मतदान गर्ने नेकपाको निर्णय


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ को संसदीय दलको शनिबार बसेको बैठकले प्रदेश राजधानी दाङ बनाउने र नाम लुम्बिनी राख्ने पक्षमा मतदान गर्ने भएको छ ।

शुक्रबार प्रदेश राजधानी दाङको देउखुरी बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा लगिएको थियो । उक्त प्रस्तावपछि बुटवलमा भने विरोध शुरु भएको छ ।

सो विषयमा शनिवार बिहानैबाट बसेको संसदीय दलको बैठकले सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । नेकपाले प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको स्रोत बताउँछ ।

प्रदेश राजधानी दाङ बनाउने कि बुटवल भन्ने विषयमा पटकपटक विवाद हुँदै आएको छ । नेकपाको आजको बैठकमा पनि केही सांसदहरूले प्रदेश राजधानी बुटवल नै उपयुक्त भएको धारणा राखे पनि पार्टी निर्णय मान्नुपर्ने निष्कर्षमा पुगेका थिए ।

प्रस्ताव पास गर्न दुई तिहाई आवश्यक पर्ने हुन्छ । प्रदेश सरकारमा ८७ सांसद छन् भने तीमध्ये ६१ सांसद नेकपाका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ६ : २० बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका