मोबाइल चोरी गर्ने गिरोह पक्राउ « Khabarhub

मोबाइल चोरी गर्ने गिरोह पक्राउ


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले मोबाइल चोरी गर्ने पाँचजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडको टोलीले काठमाडौँ महानगरपालिका–२२ पाको सडकमा रहेको ताम्राकार कम्प्लेक्समा रु सात लाख ५० हजार मूल्य बराबरको मोबाइल चोरी गर्ने पाँचजनालाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौतीका ३२ वर्षीय प्रकाश तामाङ, २१ वर्षीय जनक तामाङ, काभ्रेपलाञ्चोक तेमालका २९ वर्षीय सोमा रानी तामाङ, दोलखा गौरीशङ्करका ४० वर्षीय छिरिङ शेर्पा र नुवाकोट पञ्चकन्याका २२ वर्षीय अमृत राई रहेका छन् ।

प्रहरीले उनीहरुलाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक सुनिलजङ्ग शाहले मिलेमतोमा सामान चोरी गरेर सस्तो मूल्यमा बिक्रीबितरण गर्ने गिरोहलाई पक्राउ गरिएको जानकारी दिए ।

“जनक तामाङ र प्रकाश तामाङले सामान चोरी गरेर सस्तोमा सोमा रानी तामाङ, छिरिङ शेर्पा र अमृत राईलाई बिक्री गरेको अनुसन्धानमा खुलेको छ”, उनले भने ।

पक्राउ परेका पाँचैजनालाई जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको वृत्तका प्रमुख शाहले बताए ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ७ : १५ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका