सचिवालयका सदस्यमा कोरोना देखिएपछि प्रधानमन्त्रीले गरे सबै भेटघाट बन्द « Khabarhub

सचिवालयका सदस्यमा कोरोना देखिएपछि प्रधानमन्त्रीले गरे सबै भेटघाट बन्द


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले सबैखाले भेटघाट बन्द गरेका छन् । सचिवालयका सदस्यहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि भेटघाट बन्द गरेका हुन् ।

शनिवार बालुवाटारमा कार्यरत ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार स्वाब संकलन गरी शनिवार परीक्षण रिपोर्ट आउँदा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाल , परराष्ट्र सल्लाहकार डा राजन भट्टराई , प्रेस सल्लाहकार सूर्य थापा , प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारी र फोटो पत्रकार राजन काफ्लेलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्रीले सबै भेटघाट बन्द गरेका हुन् ।

परीक्षणका क्रममा प्रधानमन्त्री निवास बालुवाटारका कार्यरत नेपाली सेनाका २८ , सशस्त्र प्रहरीका १८ र नेपाल प्रहरीका २१ र राष्ट्रिय अनुसन्धान विभागका ३ जना सहित ७० सुरक्षाकर्मी कोरोना संक्रमित भएको पुष्टि भएको थियो ।

प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, चालक धर्मराज पाण्डे, स्वकीय सचिव राजेश बज्राचार्य तथा दिपेन्द्र दाहालको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।

बालुवाटारमा कार्यरत अझै ४५ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ९ : ०४ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका