एनआरएनए कतारले रक्तदान कार्यक्रम आयोजना गर्ने « Khabarhub

एनआरएनए कतारले रक्तदान कार्यक्रम आयोजना गर्ने


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।

आउँदो ३० अक्टोबर शुक्रबारका दिन बिहान ८ बजेबाट हमाद हस्पिटलको ब्लड डोनर सेन्टरमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।

यस रक्तदान कार्यक्रम एनसीसीको समन्वयमा कतारमा स्थापित सम्पूर्ण नेपाली संघ संस्थाहरु पनि आयोजक संस्थाको रुपमा रहने भएकाले संस्थागत सहभागी र रक्तदाताहरुको विवरण २३ अक्टोबर सम्ममा एनसीसी कतारलाई पठाइसक्नु पर्ने उनले बताए ।

रक्तदान कार्यक्रममा सहभागिताका लागि कतारमा स्थापित सम्पूर्ण संघ संस्थाका प्रमुख र कतारमा बस्ने नेपालीलाई संघले आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ९ : १८ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति