सांसद सूर्यबहादुर केसीको निधन « Khabarhub

सांसद सूर्यबहादुर केसीको निधन


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- प्रतिनिधिसभा सांसद तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको पोखरामा निधन भएको छ ।

६३ वर्षीय नेता केसीको सोमबार राति निधन भएको हो। पोखरा ७ एयरपोर्टस्थित आफ्नै निवासमा सोमबार राति १०:३० बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

केही समयदेखि सुगर र प्रेसरले उनी विरामी थिए । ३ वर्षअघि प्रतिनिसभा चुनावताका उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्च समेत हुन् ।

उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए । रारा चाउचाउ, हाईड्रो लगायत विभिन्न ब्यापार ब्यवसायमा उनी सफल थिए । सामाजिक क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहेको छ ।

उनको आजै पोखरामा अन्त्येष्टी गरिने नेपाली काङ्ग्रेस कास्कीका प्रबक्ता नवीन सिक्देलले बताए ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ८ : ५४ बजे

कानुनविपरीत व्यापार व्यवसाय गरेको भन्दै दुई फर्मलाई जरिवाना

काठमाडौं– कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : सभापति थापाको राजीनामा स्वीकृत होला ?

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै छ

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न काठमाडौं महानगरको दुई करोड अनुदान

काठमाडौं– काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य

विभिन्न भागमा मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि