भारतमा फिल्म हल खुले, दर्शक आएनन् « Khabarhub

भारतमा फिल्म हल खुले, दर्शक आएनन्


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना भाइरस र लकडाउका कारण बन्द गरिएका फिल्म हल खुला गरिएको छ । मल्टिप्लेक्सका केही हल खुला गरिएका छन् । सिंगल थिएटर पनि खुलेका छन् ।

हल खुला गरिए पनि दर्शक भने हलसम्म पुगेका छैनन् । न त फिल्म हलमा देखाउनलाई कुनै नयाँ फिल्म रिलिज भएका छन् ।

खुला गरिएका हलमा पुराना फिल्म प्रदर्शन गरिएको छ । ती फिल्म हेर्न एकाध दर्शक आएका छन् । हलवालाले यति दर्शक आउँदा बिजुलीको बिल पनि तिर्न नसकिने प्रतिक्रिया दिएका छन् ।

ठूला फिल्म निर्माताले आफ्ना फिल्म अझै तय गरेका छैनन् । किनकि, हलमा पूरै संख्यामा दर्शक नपाइने नियम छ ।

कोरोना भाइरसका कारण दर्शक पनि फिल्म हलसम्म आउन अझै तयार नभएको देखिएको छ । अर्कातिर नामी स्टारका कुनै फिल्म पनि रिलिज हुने तरखरमा छैनन् । जसले गर्दा दर्शकलाई हलसम्म जान मन लागिरहेको छैन ।

कोरोना महामारीका कारण न त कुनै हलिउड फिल्म नै रिलिज भएका छन् ।

सिनेमा घरको कमाइ नभइरहेको अवस्थामा निर्मातालाई सेनिटाइजरका साथै सरकारी गाइडलाइन मान्न पनि गाह्रो भइरहेको छ ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १ : ५१ बजे

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको