लकडाउनलाई सदुपयोग गर्दै बाख्रापालनमा युवा « Khabarhub

लकडाउनलाई सदुपयोग गर्दै बाख्रापालनमा युवा


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– मासु र उन्नत नश्लको बाख्राको मूल्य बढेसँगै इलामका युवा व्यावसायिक बाख्रापालनमा सक्रिय भएका छन् । लकडाउनको सदुपयोग गर्दै उनीहरूले उक्त पेशा अङ्गालेका हुन् ।

विदेशबाट फर्किएका इलाम नगरपालिका–२ का लीला खतिवडाले यही पेशालाई व्यावसायिकरूपमै विस्तार गर्ने योजना रहेको बताउँछन् ।

कोरियाबाट फर्किनु भएका उनले रू तीन लाखबाट शुरु गर्नु भएको व्यवसायमा अहिले रू ७ लाखभन्दा माथिको लगानी देखिन्छ ।

लकडाउन अगाडि एक–दुईवटा मात्र बाख्रा पाल्ने उनको परिवार अहिले पूरै बाख्रा पालनमा लागेर नश्ल सुधारका लागि रू एक लाख मूल्य बराबरको बोयर जातको बोका खरिद गर्नाका साथै दुई दर्जनभन्दा बढी बाख्रा पालनमा सक्रिय छ ।

त्यस्तै सन्दकपुर गाउँपालिका ३ का युवा गोपाल खतिवडाले पनि यावसायिकरूपमै उन्नत जातका बाख्रा पालेका छन् । यसरी बाख्रापालन गरी आम्दानी बढाउन र छिटो मुनाफा आर्जनमा यहाँका थुप्रै किसानको सक्रियता देखिएको छ ।

उनीहरूले स्थानीय खरीदेखि जमुना पारी, सिरोही र बोयर जातका बाख्रा पालन गरिरहेका छन् । उन्नत जातको केही बाख्रा पाल्दा वार्षिकरूपमा रू आठ–दश लाखसम्म कमाइ हुने भएकाले धेरै धन कमाउन विदेश जान नपर्ने कृषक गोपालको भनाइ छ ।

वार्षिक ६० देखि ७० वटासम्म बोका उत्पादन गर्नसके पनि सामान्यत रू १० लाखभन्दा बढी आम्दानी हुने उनी बताउँछन् ।

जिल्लाका विभिन्न भागमा पछिल्ला दिन बाख्रापालन व्यवसाय धेरै विस्तार भएको पाइन्छ । चाडबाडमा मासुका लागि खसीबोकाको माग बढ्ने भएकाले ग्राहकहरू घरमै खसीबोका किन्न आउने गरेका छन् ।

पशु सेवा विज्ञ केन्द्रले जिल्लाभर १७५ वटा फर्म दर्ता भएको जनाएको छ । सन्दकपुर गाउँपालिका, इलाम नगरपालिका, देउमाई नगरपालिका, माईजोगमाईलगायत जिल्लाका गोदक, शान्तिपुर, सोयाक र गजुरमुखी बाख्रा पालनका लागि पकेट क्षेत्र मानिएका छन् ।

स्थानीय तहमासमेत फर्म दर्ता गरी किसानले बाख्रापालन व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनीहरूमध्ये कतिपयले त सरकारी निकायबाट अनुदानसमेत पाएका छन् भने कतिले अनुदानका लागि पनि बढी बाख्रा पाल्न थालेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १ : ५१ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको