कट्टर इस्लामीक देशमा हिन्दु देवीको शक्तिपिठ « Khabarhub

कट्टर इस्लामीक देशमा हिन्दु देवीको शक्तिपिठ


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाल र भारतमा हिन्दु धर्मालम्बीको वर्चश्व छ । यी दुबै देशका गल्ली गल्ली भगवानको मठ मन्दिर भेटिन्छ । तर कट्टर मुस्लिम देश पाकिस्तानमा देवीको मन्दिर छ भन्दा कसलाई पत्यार लाग्ला ?

पाकिस्तानमा नेपाल र भारतमा झै एक शक्तिपीठ छ, जहाँ केवल हिन्दु मात्र होइन मुस्लिमले समेत आस्था राख्दछन् ।

पाकिस्तानको बलूचिस्तानबाट १२० किलोमिटर टाढा रहेको हिंगुल नदीको तटमा अवस्थित हिंगलाज मन्दिर रहेको छ । पौराणिक मान्यता अनुसार भगवान शिव माता सतीको लाश बोकेर डुल्दा यस स्थानमा शिर खसेको थियो । जहाँ हिंगलाज माताको मन्दिर निर्माण भयो ।

पाकिस्तान बन्नु भन्दा पहिले भारतको पश्चिमी सीमा अफगानिस्तान र ईरानसम्म थियो । त्यस समय हिंगलाज मंदिर हिन्दुको प्रमुख तीर्थ स्थलमा पर्दथ्यो । अहिले यस मन्दिरमा मुसलमानले समेत हिंगला देवीको पूजा गर्दछन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  २ : २२ बजे

जापानमा मध्यावधि चुनावको घोषणा हुने

एजेन्सी – जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो महत्त्वाकांक्षी नीतिगत एजेन्डालाई

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा

हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

अत्तरिया– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने