भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश « Khabarhub

भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘पारा’ बोलको र्‍याप गीत सार्वजनिक गरेसँगै विवादमा तानिएका र्‍यापर समीर घिसिङ उर्फ भिटेनलाई पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

गीत संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको जनाउँदै अदालतले पक्राउ नगर्न आदेश दिएको हो ।

भिटेनले उच्च अदालत पाटनमा प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाएर गत कार्तिक १६ मा निषेधाज्ञासम्बन्धी रिट निवेदन दायर गरेका थिए ।

मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई पक्राउ नगर्न साइबर ब्यूरो र प्रहरी प्रधान कार्यालयलाई अन्तरिम आदेश जारी गरेको हो ।

भिटेनको र्‍याप गीत सार्वजनिक भएसँगै गीतमा समावेश भएका शब्द अश्लील भएको भन्दै प्रहरीले भिटेनलाई पक्राउ गर्ने तयारी गरेको थियो
गीत युट्युब नेपालको ट्रेन्डिङ एकमा परेपछि थप चर्चा चुलिएको थियो ।

भिटेनले उक्त गीतमा प्रहरीलाई नै ‘काउन्टर’ दिएका छन् । गीतको भिडियोमा प्रहरीको गाडी जलाएको प्रहरीसँगै बसेर धुम्रपान गरेको दृश्य समावेश छन् ।

प्रहरी प्रधान कार्यालयले उक्त गीतले समाजमा नकारात्मक प्रभाव पार्ने भन्दै भिटेनलाई पक्राउ गर्न साइबर ब्यूरोलाई पत्र काटेको थियो । त्यसपछि भिटेनले उक्त गीत ‘मेम्बर अन्ली’ बनाएर माफी मागेका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ५ : ३१ बजे

आठ वर्षपछि निर्देशनमा फर्किँदै रेखा; फिल्ममा दुई मिस नेपाल र नीति

काठमाडौं – नायिका रेखा थापा ८ वर्षपछि निर्देशनमा फर्किने भएकी

नेमकिपाको घोषणा पत्र : ठूला भ्रष्टाचारीलाई ज्यान सजायको कानुनी व्यवस्थाका लागि संघर्ष गर्ने

भक्तपुर- नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि

काठमाडौंका सबै स्थानीय तहमा मतदाता शिक्षा सुरु

काठमाडौं– काठमाडौंका १० निर्वाचन क्षेत्र र ११ स्थानीय तहका १३८

कुलमानको घोषणापत्रमा स्वास्थ्य : मनोसामाजिक परामर्शदेखि हाडजोर्नी सेवा बिस्तारसम्म 

काठमाडौं– कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आगामी निर्वाचनका लागि

रविको ‘नागरिक करार’ : ‘गफ होइन काम, भाषण होइन परिणाम’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले आइतबार फेसबुकमार्फत्