तपाईंलाई थाहा छ ? पूर्व प्रेमी-प्रेमिकालाई सम्झेर रुँदा पनि तौल घट्छ « Khabarhub

तपाईंलाई थाहा छ ? पूर्व प्रेमी-प्रेमिकालाई सम्झेर रुँदा पनि तौल घट्छ


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक व्यक्तिले आफ्नो जीवनकालमा १६.५ ग्यालोन आँसु झार्ने अनुसन्धानकर्ता बताउँछन् । तर कहिलेकाँही मानिसहरु आफ्नो भावनालाई दबाउन खोज्छन्, यसलाई उजागर गर्न लजाउँछन् पनि ।

तर यदि भावनात्मक रुवाईले तपाईंलाई तौल घटाउन सहयोग गर्छ भन्दा कस्तो लाग्ला ? यो सुन्ने बित्तिकै कतिलाई लाग्न सक्छ कि आफूले थुप्रै वर्षदेखि दबाएर राखेको आँसुको ग्यालोन खन्याउने बेला आएको छ ।

तपाईंमध्ये धेरैले आफ्नो भावना व्यक्त गर्दा तौल घट्छ भन्दा पत्याउनु हुन्न होला । हामीमध्ये धेरै यो अवस्थाबाट गुज्रिएका छौं । कसैले मन तोडेका बेला तपाईंलाई तनाव हुन्छ, धेरै खानुहुन्छ र त्यसको केही दिनपछि आफूलाई मनपर्ने जिन्स लगाउनै नमिल्ने गरी टाइट भएको पाउनुहुन्छ । यस्तो अवस्थामा पनि तौल बढेको देख्दा तपाईंलाई विश्वास पनि नलाग्न सक्छ ।

हामी तनावमा हुँदा कार्टिसोल हर्मोनको श्राव हुन्छ जुन मोटोपनासँग सम्बन्धित हुन्छ ।

हामीमध्ये धेरैलाई थाहा छ कि यो हर्मोनले तनावसँग जुध्न सहयोग गर्छ । यहाँ समस्या के छ भने आजकाल मानिसहरु जीवनयापनका लागि शारिरिक क्रियाकलाप गर्दैनन् ।

मानिसहरु तनावमा हुँदा र रिस उठेका बेला बसिराख्न रुचाउँछन् त्यसकारण हाम्रो शरीरले तनाव कम गर्ने केही क्यालोरीको उपयोग गरिसकेको ठान्छ । यद्यपी, त्यसको प्रयोग नभएको पनि हुनसक्छ ।

यसैबीच, वैज्ञानिकले भावुक भएपछि आउने आँसुमा कार्टिसोल बढाउने हार्मोन भएको पत्ता लगाएका छन् । यसलाई प्रोल्याक्टिन, लिउ–इन्केफालिन र एड्रेनोकोर्टिकोट्रोपिन (एसिटीएच) भनिन्छ । हामी अत्यधिक दबाबमा हुँदा यी हर्मोन निष्कासन हुन्छ ।

त्यसकारण जब हामीले आफ्ना भावनालाई नदबाइकनै, मन खोलेर रुन्छौं तब यी हर्मोन बाहिर निस्कन्छन् जसका कारण कार्टिसोलको स्तर घट्ने गर्छ ।

कार्टिसोल हर्मोनलाई कसरी कम गर्ने तरिका थाहा नहुँदा समस्या निम्तिने हो । त्यसकारण तनावमा भएका बेला हामीलाई अत्यधिक भोक लाग्छ जसका कारण तौल बढ्ने गर्छ ।

यसका लागि विज्ञानलाई धन्यवाद भन्नै पर्छ जसले समस्यामा पर्दा पनि तौल घटाउने उपाय पत्ता लगाएको छ । स्ट्रेस हर्मोन शरीर भित्र छ कि बाहिर, त्यो कुरा महत्वपूर्ण हुन्छ ।

यदि तपाईं राम्रो अभिनय गर्न सक्नुहुन्छ र प्याज काटेर रुने सोच बनाइराख्नुभएको छ भने ढुक्क हुनुहोस् यसले तपाईंलाई सहयोग गर्दैन । वास्तविक भावनामा बगेर रुँदा मात्र आवश्यक हर्मोनको श्राव हुन्छ ।

वैज्ञानिकका अनुसार भावनामा बगेर रुने सबैभन्दा राम्रो समय भनेको बेलुका सात देखि १० बजेसम्म हो । यतिबेला मानिसहरु आफूलाई मनपर्ने मानिसको साथमा हुन्छन् ।

त्यसकारण यदि तपाईंको सम्बन्ध टुटेको छ र जीवनको निकै कठिन अवस्थामा हुनुहुन्छ भने त्यसलाई बाहिर निस्कन दिनुहोस् । मन खोलेर रुनु दिमागलाई शान्त बनाउने एक माध्यम पनि हो ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ४ : ४४ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने