भारतीय सेनाप्रमुख बुधबार नेपाल आउँदै, काठमाडौंमा उच्च सुरक्षा सतर्कता | Khabarhub Khabarhub

भारतीय सेनाप्रमुख बुधबार नेपाल आउँदै, काठमाडौंमा उच्च सुरक्षा सतर्कता


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे बुधबार नेपाल आइपुग्ने भएका छन्।

भारतीय सेनाको विशेष विमान मार्फत चार सदस्यीय टोलीको नेतृत्व गर्दै नरवणे नेपाल भ्रमणमा आउन लागेका हुन्। उनलाई होटल सोल्टीमा बसोबासको प्रबन्ध मिलाइएको सैन्य स्रोतको जानकारी दिएको छ ।

भारतीय सेना प्रमुख नेपाल आउने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नरवाणे आवतजावत गर्ने सडकमा समेत सुरक्षा सर्तकता बढाइएको छ ।

नरवाणेको भ्रमणको बेला हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था मिलाइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए ।

उनको सुरक्षा सेनाले गरेपनि बाह्य घेराको सुरक्षा प्रबन्ध तथा सडक सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी तैनाथ गरिने छ ।

नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले सुरक्षा व्यवस्था मिलाएको सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए ।

यस्तो छ भ्रमण तालिका 

बुधबार भारतीय सेनाप्रमुख नरवणेको नेपाल आएपनि उक्त दिन औपचारिक कार्यक्रम भने राखिएको छैन ।

बिहीबार बिहान उनले टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरेर वीरहरुप्रति सम्मान अर्पण गर्नेछन्। त्यसपछि जंगि अड्डामा  निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

निरीक्षण सकिएपछि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल हुने जनाइएको छ।

सो क्रममा उनले नेपाली सेनालाई सहयोग स्वरुप चारवटा एम्बुलेन्स र स्वास्थ्य सामग्री प्रदान गर्नेछन्। त्यसपछि नेपालस्थित भारतीय दूतावासमा रहेर उनले केही भेटघाट कार्यक्रम गर्नेछन्।

बिहीबार दिउँसो ४ बजेतिर राष्ट्रपति कार्यालय सितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भारतीय सेना प्रमुख नरवणेले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गर्ने कार्यक्रम छ।

त्यसलगतै सितल निवासमै राष्ट्रपति भण्डारीसँग शिस्टाचार भेटघाटको कार्यक्रम रहेको छ।

सितल निवासको कार्यक्रम सकिएपछि भारतीय सेना प्रमुख नरवणेको सम्मानमा प्रधानसेनापति थापाले जंगि अड्डामा रात्रिभोजको आयोजना गर्नेछन्। रात्रिभोजसँगै बिहीबारको कार्यक्रम सम्पन्न हुनेछ।

शुक्रबार बिहान उनले आर्मीकमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा रहेका प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधनपछि दूतावासमा फर्किएर केही भेटघाट गर्नेछन्।

शुक्रबार दिउँसो रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर सोहीदिन भारततर्फ प्रस्थान गर्ने नरवणेको कार्यतालिका रहेको छ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ८ : ५२ बजे

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

काठमाडौं – काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

शान्तिपूर्ण रुपमा स्ववियु निर्वाचन गराउन शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ

मजदुर सङ्गठनले ‘हान’लाई बुझाए ध्यानाकर्षणपत्र

काठमाडौं – मुख्य राजनीतिक दल निकट मजदुर सङ्गठनले होटल एसोसियसन

कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला

पाल्पा – पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुई मजदुर मृत

‘राजागंज’ हेरेपछि सीके राउतले भने– सेन्सरविरुद्ध आवाज उठाउँछौं

काठमाडौं – फिल्म ‘राजागंज’मा सेन्सर बोर्डले जथाभावी कैँची चलाएको भन्दै