दक्षिण कोरियामा श्रमिक लाने प्रक्रिया तत्काल शुरु हुँदै, रोस्टरको अवधि छ महिना थपिने « Khabarhub

दक्षिण कोरियामा श्रमिक लाने प्रक्रिया तत्काल शुरु हुँदै, रोस्टरको अवधि छ महिना थपिने


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरिया- कोरोना माहामारीका कारण कोरिया जान रोकिएको काम फेरि सञ्चालनमा आउने भएको छ ।

यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ ।

कोभिड–१९ का कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइ र नेपालको लकडाउनसँगै रोजगार अनुमति प्रणाली इपीएस माध्यमबाट कोरिया आउनेको सम्पूर्ण प्रक्रियासमेत स्थगन भएको थियो ।

बुधबार प्रवासी श्रमिक युनियन (एमटियु) र केसीटियुले कोरियाको रोजगार तथा श्रम मन्त्रालय प्रवासी श्रमिक विभागका निर्देशकलगायतसँग कोरियामा इपिएसअन्तर्गत प्रवासी श्रमिकका बारेमा छलफल तथा रोकिएका सम्पूर्ण प्रक्रिया सञ्चालन गरी कोरोना महामारीले रोक लगाएको श्रमिकको प्रवेश गराउने बारेमा छलफल भएको थियो ।

छलफलपश्चात् छ महिना रोस्टर अवधि बढाउने र रोकिएका प्रक्रिया पुनः सञ्चालन गरी प्रवासी मजदुर ल्याउन पहल थालिने निर्णय भएको एमटियु अध्यक्ष उदय राईले बताए ।

छलफलमा एमटियुले कोरिया आउन रोकिएका प्रवासी श्रमिकलाई चाँडो ल्याउने व्यवस्था गर्नुपर्ने, कोरोनाको कारण आउन नपाएर रोस्टरमा हुनेको दुई वर्ष अवधि सकिन लागेको श्रमिकको समयावधि थप्नुपर्ने, श्रमिक बिदामा गएको समयमा कम्पनी मालिकले सम्झौता रद्द गर्न नमिल्ने, श्रमिकलाई गरिने शोषण रोक्नुपर्नेलगायतको कुरामा जोड दिएको थियो ।

छलफलमा उपस्थित मन्त्रालयका अधिकारीले कोरोना महामारीका कारण गत मार्च महिनादेखि नयाँ प्रवासी श्रमिक ल्याउन बन्द गरिएकोमा गत महिनादेखि कम्बोडियाबाट ल्याउन शुरु गरिएको बताए ।

अब छिट्टै नेपाललगायत अरु देशबाट पनि ल्याउने व्यवस्था मिलाइने र अवधि सकिन लागेको श्रमिकको छ महिना समयावधि थप गरिने बताए ।

सन् २०२० को ५६ हजार कोटामध्ये ३३ हजार १०० (५९.१५ प्रतिशत) अनुमतिपत्र जारी गरिएको थियो भने अक्टोबरसम्ममा छ हजार ७४ जना मात्र नयाँ प्रवासी मजदुर कोरिया प्रवेश गरेका छन् ।- रासस

 

 

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ७ : २७ बजे

नेकपाको परामर्श बैठक, राष्ट्रिय सभा निर्वाचनबारे निर्णय लिँदै

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक

जापानमा ६.४ म्याग्निच्युडको भूकम्प

एजेन्सी– पश्चिमी जापानको शिमाने प्रान्तमा मंगलबार ६.४ म्याग्निच्युडको भूकम्प आउँदा

बंगलादेशमा बढ्दै हिन्दूविरुद्धको हिंसा, १८ दिनभित्र छैटौँको हत्या

ढाका– बंगलादेशमा एकपछि अर्का हिन्दू धर्मावलम्बीको श्रृंखलाबद्ध हत्याको क्रम रोकिएको

पोखरीमा डुबेर बालकको मृत्यु

सप्तरी‍– बलानविहुल गाउँपालिका-४ बस्ने मो.उमर फारूक मियाँको छोरा ३ वर्षीय मो.फैजानको सोही