तनहुँको बुल्दी खोला पुल उद्घाटन गर्न रामचन्द्र पौडेल आज फेरि जाने « Khabarhub

तनहुँको बुल्दी खोला पुल उद्घाटन गर्न रामचन्द्र पौडेल आज फेरि जाने


१८ मंसिर २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तनहुँको बुल्दी खोला पुल उद्घाटन गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज पनि जाने भएका छन्‌।

हिजो पुल उद्‌घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

पौडेलले पुल उद्‌घाटन गर्न खोजेपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी कांग्रेसका कार्यकर्ताबीच झडप हुनसक्ने भन्दै तनहुँ प्रशासनले निषेधाज्ञा जारी गरेको थियो। तर, निषेधाज्ञाकै बीच पौडेल पुल उद्घाटन गर्न जान खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

तनहुँ प्रहरीले नेता पौडेललाई गिरफ्तार गरी हिरासतमा राखेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी तत्काल रिहाइ गर्न भनेका थिए। करिब ३ घण्टा तनहुँ प्रहरीको हिरासतमा बसेपछि पौडेल रिहाइ भएका हुन्।

उद्घाटनलाई लिएर विवाद निम्तिएको सो पुल उद्‌घाटन आज कांग्रेस नेता पौडेलले नै गर्ने कांग्रेसले जनाएको छ।

हिजोको घटनाले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो पतनको लागि आफैँ मार्गप्रशस्त गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको टिप्पणी गरेका छन्।

‘उहाँ पक्राउ परेपछि कयौँ ठाउँमा साथीहरूले प्रदर्शन गर्नुभयो, अझै गर्नुहुन्छ, उहाँ गिरफ्तारमा पर्नुभयो, रिहा हुनुभयो, तर कुरा सकिएको छैन, यो सरकारले आफ्नो पतनको लागि मार्ग प्रशस्त गरेको भन्ने हाम्रो ठहर छ, भोलिको दिन पनि देशका विभिन्न ठाउँमा साथीहरूले प्रदर्शन गर्नु हुनेछ,’ उनले भने, प्रदर्शनको तम्तयारीमा साथीहरू हुनुहुन्छ, स्थगित गरेको पुल उद्घाटनको काम पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल ११ बजे त्यही पुल उद्घाटनको लागि जानुहुन्छ।’

पौडेल पक्राउ पछि कांग्रेस सभापति देउवाले पनि विज्ञप्ति जारी गरी देशव्यापी विरोध कार्यक्रम चर्काउने बताएका थिए।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  १० : ५५ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर