खुल्न थाले विद्यालय, यसरी पढाइँदैछ विद्यार्थी (फोटो फिचर) « Khabarhub

खुल्न थाले विद्यालय, यसरी पढाइँदैछ विद्यार्थी (फोटो फिचर)



काठमाडौँ– कोरोना कहरले बन्द भएका विद्यालय क्रमश: खुल्न थालेका छन् ।

बजारी क्षेत्रमा अनलाइनमा आधारित कक्षा सञ्चालन गरिएपनि सबै विद्यार्थीको पहुँच नपुग्दा अनलाइनबाट गरिने पठनपाठन प्रभावकारी भएको थिएन् ।

पछिल्लो समय संक्रमणको अवस्था हेरेर केही स्थानमा विद्यालय सञ्चालनमा आएका छन्। भौतिक उपस्थितिमा नै कलेज र विश्वविद्यालय तहका परीक्षाहरु समेत सञ्चालन भइरहेका छन्। तर पूर्ण रुपमा विद्यालय संचालन गर्ने वातावरण अझै बनेको छैन।

काठमाडौँ उपत्यका संक्रमण उच्च रहेकाले विद्यालय अहिलेकै परिस्थितिमा सञ्चालन गर्न चुनौती छ। अधिकांश विद्यालयहरुले अनलाइन कक्षामार्फत विद्यार्थीहरुलाई पढाइरहेका छन्। तर, अहिलेसम्म भौतिक उपस्थितिमा नै केही क्षेत्रमा भने विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा नै पढाइ सुरु भइरहेको छ।

ललितपुर महानगरले पनि काठमाडौं उपत्यका नगर फोरममा छलफल गरेर विद्यालय खोल्ने विषयमा तयारी गरिरहेको छ। यता महानगरभित्रै केही विद्यालय भने पहिलै सञ्चालन भइरहेका छन्।

ललितपुर खोकनामा यसअघि रुद्रायणी माध्यामिक विद्यालयमा भौतिक उपस्थितिमा नै पढाइ सुरु गरिएको थियो। तिहारपछि भने खोकनामै श्री युवा प्रतिभा विद्या मन्दिरले विद्यार्थीहरुलाई पढाउन सुरु गरेको छ।

संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कतालाई प्राथमिकतामा राख्दै कक्षाहरु संचालन भइरहेको विद्यालय प्रशासनले जनाएको छ।

अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच नभएकाले अहिले भने उनीहरुलाई नै लक्षित गरेर दिनको दुई सिफ्ट गरेर पढाउन सुरु गरिएको विद्यालयले जनाएको छ ।

विद्यार्थीहरुलाई कोरोनबाट बचाएर पढाउन फेस मास्क, फेस सिल्ड लगाउने व्यवस्था गरिएको छ । त्यस्तै स्यानिटाइजर र साबुन पानीले हात धुने व्यवस्था समेत गरिएको छ।

हरेक दिनको पढाइ सुरु हुनु अघि बिहानै कक्षा कोठा र बेञ्चहरु स्थानिटाइज गर्ने व्यवस्था विद्यालयले मिलाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  १ : २४ बजे

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका