काठमाडौँ उपत्यकामा थपिए ५६१ कोरोना संक्रमित « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ५६१ कोरोना संक्रमित


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५६१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २५० महिला र ३११ पुरुष गरी ५६१ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख १० हजार ९४० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४५५ , ललितपुरमा २६ र भक्तपुरमा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तो छ विवरण

त्यसैगरी, सोही अवधिमा काठमाडौंमा ५, ललितपुमा १ र भक्तपुरमा १ जना गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र ८९ हजार २८८ जना संक्रमित भएका छन्, जसमध्ये ३९३ जनाको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ५१९ जना संक्रमित भएका छन्। जसमा ११७ जना संक्रमितको मृत्यु भएको छ। भक्तपुरमा ८ हजार ५३ संक्रमितमध्ये ९३ जनाको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा ६ हजार ३३७, ललितपुरम १ हजार २७६ र भक्तपुरमा ५८५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १३ सय ४३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभरै थपिएका १३ सय ४३ सहित संक्रमितको संख्या २ लाख ३७ हजार ४८९ पुगेको छ।

१५ हजार ७६६ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार बिहीबार २१ सय ११ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको छ।

यस्तै आज कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ५१ पुगेको छ। देशभर क्वारेन्टिनमा ५७६ जना र आइसोलेसनमा १५ हजार ७६६ जनाको रहेका छन्।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ४ : ३३ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा