मेचीनगर उपप्रमुख उप्रेती चढेको गाडी जलाउने प्रयास « Khabarhub

मेचीनगर उपप्रमुख उप्रेती चढेको गाडी जलाउने प्रयास


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती चढेको मे १ झ १७२ नम्बरको गाडी एक समूहले जलाउने प्रयास गरेको छ । गाडी जलाउने प्रयास गर्दा उपप्रमुख उप्रेती गाडीभित्रै थिइन् ।

गाडी जलाउन खोज्ने दुई युवाले आफूहरु नेपाल विद्यार्थी संघमा आवद्ध भएको बताएको र बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किए आगजनीको प्रयास गरेको उनको भनाइ छ । उनले भनिन्, ‘मलाई गाडीभित्र जलाउने प्रयास भयो, धन्न बाँचे ।’

चारआलीस्थित नेपाल आयल निगम डिपो कार्यालयको कार्यक्रममा सहभागी भई नगरपालिका कार्यालयतर्फ फर्किरहँदा अपरान्ह ३ बजेतिर धाइजन–चारआली खण्डमा बाटो छेकेर उप्रेतीको गाडीमा आगो लगाउने प्रयास भएको हो ।

पेट्रोल छर्किएको चक्कामा सलाई निकालेर आगो लगाउन खोजेपछि उपप्रमुखले ड्राइभरलाई जसरी भए पनि गाडी छिटो हुइँक्याउन लगाएकी थिइन् । गाडी हुइँक्याउन खोज्दा समेत उनीहरुले मोटरसाइकल तेस्र्याएर गाडीको बाटो छेकेको उप्रेतीले बताइन् ।

सो घटना बारे तत्कालै इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जानकारी गराएको उनले बताइन् ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ५ : २२ बजे

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते