बालिका बलात्कारका अभियुक्त यादवलाई  १० वर्ष कैद « Khabarhub

बालिका बलात्कारका अभियुक्त यादवलाई  १० वर्ष कैद


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– गाईवस्तु चराउन गएकी बालिकालाई बलात्कार गर्ने एक अभियुक्तलाई १० वर्ष कैद सजाय भएको छ।

सप्तरी जिल्ला अदालतले सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ गम्हरिया प्रवाहाका २२ वर्षीय अशोककुमार यादवलाई १० वर्ष कैद सजाय सुनाएको हो।

अदालतको आदेशमा यादव २०७६ जेठ २६ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।

जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलाशले यादवलाई १० वर्ष कैद सजायको फैसला गर्नुका साथै ३० हजार क्षतिपूर्ति भराउन फैसला गरेको हो ।

गाईवस्तु चराई घर फर्कने क्रममा पीडित २०७६ जेठ १ गते साँझ बलात्कृत भएकी थिइन्। आरोपितले नियन्त्रणमा लिई बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएपछि आरोपित २०७६ जेठ ४ गते पक्राउ परेका थिए।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  १० : १८ बजे

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा