देशको नाम ‘नेपाल’ मात्रै लेख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश « Khabarhub

देशको नाम ‘नेपाल’ मात्रै लेख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ को सट्टा देशको नाम ‘नेपाल’ मात्र लेख्ने निर्णय गर्नु संविधान विपरित रहेको भन्दै सर्वोच्च अदालतमा परेको रिटमाथि कारण देखाउ आदेश जारी भएको छ ।

अधिवक्ता सुब्बा श्रेष्ठले दायर गरेको रिटमाथिको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो ।

बिहीबार सर्वोच्चका न्यायाधीश मीरा खड्काको इजलाशले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिनु नपर्ने कुनै आधार भए प्रमाणसहित १५ दिनभित्र महान्याधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनेको छ ।

रिटमा मन्त्रिपरिषद्को असोज ११ को निर्णयअनुसार कानुन, न्याय, तथा संसदीय मामिला मन्त्रालयमार्फत भएको परिपत्र बदर गर्दै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरिएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  १० : ४९ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

कञ्चनपुर – कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट

सुरेन्द्र पाण्डे भन्छन् : अब दोष कसैमा थोपरेर उम्किन सकिँदैन

काठमाडौं – निर्वाचन परिणामप्रति आफ्नो धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै

म प्रसन्न नै छु, विचलित वा उद्वेलित छैन : सिके राउत

काठमाडौं – निर्वाचन परिणाम सार्वजनिक भएपछिको आफ्नो धारणा सामाजिक सञ्जालमार्फत

सुशासनको एजेण्डामा रास्वपासँग सहकार्य गर्न तयार छौं : वर्षमान

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र