पार्टीभित्रको विवाद अन्त्यका लागि ओलीले एक पद छाड्नैपर्छ : नेता पौडेल « Khabarhub

पार्टीभित्रको विवाद अन्त्यका लागि ओलीले एक पद छाड्नैपर्छ : नेता पौडेल


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले निकास दिन पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने बताएका छन्।

काठमाडौँमा भएको साक्षात्कारमा पौडेलले एक पद छाड्नेबाहेकमा कुनै सम्झौता नहुने बताए । पार्टीभित्रको समस्या समाधानका लागि ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद मात्रै लिनुपर्ने उनको भनाइ छ ।

‘ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ । एक पद मात्रै लिनुपर्छ । अब ओलीसँग सम्झौता हुँदैन,’ उनले पार्टीलाई फुटको दिशातर्फ लैजाने काम कसैले पनि गर्न नहुने बताउँदै भने, ‘पार्टी कसैले फुटाउनु हुँदैन, एक बनाउनैपर्छ।’

नेकपा विवादले संकटपूर्ण अवस्था ल्याएको भन्दै उनले अब समस्या समाधान गर्ने जिम्मा ओलीले लिनुपर्ने बताए।

सचिवालय बैठकमा पेश भएको दुवै अध्यक्षको प्रतिवेदनमा गहन छलफल गरेर मात्रै निकास निस्कने बताउँदै उनले त्यसका लागि ओली पद त्याग्‍न तयार हुनुको विकल्प नभएको बताए ।

फरक प्रसंगमा पौडेलले तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गर्नु गलत भएको समेत तर्क गरेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ७ : ४१ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

कञ्चनपुर – कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट

सुरेन्द्र पाण्डे भन्छन् : अब दोष कसैमा थोपरेर उम्किन सकिँदैन

काठमाडौं – निर्वाचन परिणामप्रति आफ्नो धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै

म प्रसन्न नै छु, विचलित वा उद्वेलित छैन : सिके राउत

काठमाडौं – निर्वाचन परिणाम सार्वजनिक भएपछिको आफ्नो धारणा सामाजिक सञ्जालमार्फत

सुशासनको एजेण्डामा रास्वपासँग सहकार्य गर्न तयार छौं : वर्षमान

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र