मुकेश हत्या आरोपमा पक्राउ परेका २ जना जेल चलान « Khabarhub

मुकेश हत्या आरोपमा पक्राउ परेका २ जना जेल चलान


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्सा विन्दवासीनी गाउँ कमिटी सचिव मुकेश चौरसियाको हत्या आरोपमा पक्राउ परेका ५ अभियुक्तमध्ये २ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।

२ जनालाई भने जनही २/२ लाख नगद धरौटीमा छोडिएको छ। अर्का १७ वर्षीय बालक सवेद्दिन राउत गद्दीलाई भने घटनामा सम्लग्न भएको पुष्टि नपुगेपछि सामान्य तारेखमा आफन्तको जिम्मा लगाइएको पर्सा जिल्ला अदालतले जनाएको हो।

पुर्पक्षका लागि जेल चलान हुनेहरुमा स्थानीय अश्वेस्वर भन्ने अखलेश चौरसिया, उत्तम भनिने निरन्जन तिवारी रहेको पर्सा जिल्ला अदालतका श्रेस्तेदार कृष्ण प्रसाद अधिकारीले जानकारी दिए ।

हनिफ मिया जोलाहा र देवा सहनी मलाहा भने जनही दुई/दुई लाख धरौटीमा रिहा भएका छन् ।

पर्सा जिल्ला न्यायधीश नारायण प्रसाद शर्माको इजलासमा बुधबार सकिएको थुनछेक बहसपछि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम चौरसिया र तिवारीलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश भएको हो।

पर्साको विन्दवासीनी गाउँपालिकामा गएको कार्तिक ६ गते नेकपाको गाउँ कमिटीको शपथ कार्यक्रममा पार्टीकै कार्यकर्ताबीच झडप हुँदा गाउँ कमिटीका सचिव मुकेश चौरसियाको उपचारका क्रममा घटनाको भोलिपल्ट निधन भएको थियो।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ८ : ०८ बजे

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको