राष्ट्रियसभाको चुनावमा उम्मेदवार बन्न १० हजार धरौटी बुझाउन पर्ने « Khabarhub

राष्ट्रियसभाको चुनावमा उम्मेदवार बन्न १० हजार धरौटी बुझाउन पर्ने


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दर्ता गर्न चाहने हरेक उम्मेदवारले १० हजार रुपियाँ धरौटी बुझाउनुपर्ने भएको छ ।

निर्वाचन आयोगले तयार गरेको राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका अनुसार यही पुस २० गते सम्बन्धित प्रदेशमा उम्मेदवारी दर्ता हुँदैछ ।

आयोगका अनुसार यही पुस २० गते आइतबार दिनको १० देखि ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ ।

सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारले आ–आफ्नो प्रदेशका निर्वाचन अधिकृतको कार्यालय मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा उम्मेदवारी दर्ताको व्यवस्था गरिएको बताए ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार उम्मेदवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैङ्क भौचर बुझाउनुपर्नेछ ।

तर महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । साथै आर्थिक रूपमा विपन्न भएको भनी सम्बन्धित स्थानीय तहले सिफारिस गरेको सिफारिस पत्र संलग्न हुनुपर्नेछ ।

दलको उम्मेदवारको हकमा दलको मनोनयनको औपचारिक पत्र, दलित समूहबाट निर्वाचित हुने सदस्य पदका लागि उम्मेदवारी दिने व्यक्तिले दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा बुझाउनुपर्नेछ ।

यस्तै अपाङ्गता भएका वा अल्पसङ्ख्यक समूहबाट निर्वाचित हुने पदका लागि उम्मेदवारी दिने अपाङ्गता भएका व्यक्तिले अपाङ्गताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र अल्पसङ्ख्यक समुदायको व्यक्तिले अल्पसङ्ख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा समावेश गर्नुपर्नेछ ।

प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेश सभाका सदस्य वा सम्बन्धित प्रदेश भित्रका गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचक मण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

उम्मेदवारी दिँदा कुनै लाभको पदमा बहालवाला पदाधिकारी भए निज बहाल रहेको पदबाट राजीनामा दिएको दर्ताको निस्सा तथा संवत् २०७४ सालको प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा बन्दसूचीबाट नाम फिर्ता लिएको आयोगको पत्रको प्रतिलिपि समावेश हुनुपर्ने छ ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ६ : ४९ बजे

इरान–इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई– मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागको अनुरोध

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तर्राष्ट्रिय बजारमा देखिएको

नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण

मध्यविन्दु– नारायणी नदीको कटान रोक्न नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गजेन्द्र मोक्षधाम तथा

जीवनको तस्बिर बदलेका उद्यमी भीमबहादुर

झापा– कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको